यौनकर्मीलाई नाङ्गै डुलाइयो

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौ, ६ जेठ । मस्कोमा प्रहरीले ११ जना यौनकर्मी महिलाको समूह र उनीहरुको ग्राहकलाई सिटी सेन्टरसम्म पूर्णरुपमा नाङ्गै हिँड्न बाध्य पारेको छ। त्यसपछि प्रहरीले उनीहरुलाई नाङ्गै कारमा बसालेको थियो । नाङ्गै भएका कारण युवतीहरु लाजले रोइरहेका थिए । यो दृष्य चलचित्रकैजस्तो लाग्छ । तर, घटना भने वास्ताविक हो । प्रहरीले ऐतिहासिक भसिलियस्की द्वीपमा चलिरहेको अवैध बेश्यालयमा छापा मारेको थियो ।
पक्राउ परेका सबै युवतीहरु यौनधन्धामा संलगन थिए । छापा मारीमा अधिकांश ग्राहकलाई पनि पक्राउ गरिएको थियो । तीन जना भने पछिल्लो ढोकाबाट फरार हुन सफल भएका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले युवतीहरुलाई नाङ्गै मार्च गराएको थियो । एक प्रत्यक्षदर्शीले भने–प्रहरीले यो बिल्डिङमा अचानक प्रवेश गरे । प्रहरीले सबैलाई रंगेहात पक्राउ गरेको थियो । सबै नाङ्गै थिए । प्रहरीलाई देखेपछि युवतीहरु रुन थाले ।त्यहाँस्थित एउटा अपार्टमेन्टमा अवैध रुपमा बेश्यालय संचालन गरिएको थियो । नेटिजन नटालियाले भने–दिन दहाडै यस्तो रमाइलो । सेर्गेई कुलिकले भने–उनीहरुले बेश्याहरुका दलाललाई नाङ्गै गर्नु पर्थ्यो । युवतीहरुका साथ यसो नगरेको भए हुन्थ्यो । प्रहरीले यो छापा पूर्व रुसी किक बक्सर तथा एमएमए फाइटर दतसिकको सूचनाको आधारमा मारेको थियो । दतसिकले बेश्यावृत्तिविरुद्ध अभियान चलाएका छन् । उनी स्वयम प्रहरीलाई फोन गर्छन् र त्यहाँ प्रहरी पुग्ने गर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]