पतिको मोबाइल लुकीछिपी हेर्दा….

काठमाडौं, ९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले एउटी महिलालाई देश निकालाको सजाय तोकेको छ । पतिको गोपनीयता उल्लंघन गरेको आरोपमा उनलाई अदालतले देश निकाला गरेको हो । सरकारी अधिकारीहरुका अनुसार ती महिलाले लुकीछिपी आफ्नो पतिको मोबाइल फोन हेर्ने गरेकी थिइन् । पतिले धोका दिइरहेको त छैन भन्ने उद्देश्यले बेलाबखत उनले पतिको मोबाइल हेर्ने गरेको बताइन्छ । ‘गल्फ न्यूज’ पत्रिकाका अनुसार ती महिलालाई ४० हजार ८ सय ४३ डलर जरिवानासमेत गरिएको छ । ती महिलाको परिचय भने खुलाइएको छैन ।
महिलाका वकिलले बचाउ पक्षबाट वकालत गर्दै पतिको बिवाहेत्तर सम्बन्धको आरोप लगाएका थिए । सोही कारण ती महिलाले पतिको मोबाइल फोन अनुमति विना हेरेको र केही तस्वीर आफ्नो मोबाइल फोनमा सारेको स्वीकार गरेकी थिइन् । पतिले आफ्नो गोपनीयता हनन् भएको जिकिर गर्दै अदालतमा उजुरी गरेका थिए । अदालतले साइबर कानुन अन्तर्गत महिलालाई दोषी ठहर गरेको हो । – एजेन्सी