एकैपटकमा तीन शिशु

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौँ, १४ जेठ । जुम्लाको पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी संगीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले विहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीन शिशु जन्माएकी हुन् । पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालकी नर्सिङ अधिकृत सविना थापाले जानकारी दिइन् । पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा जन्मिएका छोरा हुन् भने तेस्रो सन्तान छोरी भने मृत अवस्थामा जन्मिएको हो । आमाको स्वास्थ्योवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]