७३ विद्यालयका सबै विद्यार्थी फेल !

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौँ, १७ जेठ । कुनैपनि कक्षाको परीक्षामा केही विद्यार्थी पास वा केही फेल हुनु स्वभाविक हो । तर, अचम्मको कुरा ७३ विद्यालयका सबै विद्यालय फेल भएको समाचार हो यो । ७३ विद्यालयका सबै विद्यार्थी बोर्ड परक्षिामा पास हुन नसक्नु गम्भीर समस्या हो । भारतको मणिपुर सरकार अहिले यही विषयको छानविनमा जुटेको छ । राज्यका ७३ सरकारी विद्यालयका दशौं कक्षाका कुनै एक जना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यसका साथै मणिपुरका २८ सरकारी विद्यालय यस्ता देखिए जसमा मात्र एक जना विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन् ।
हालै आएको परिणाम अनुसार ३२३ सरकारी माध्यामिक विद्यालयमा मात्र ४२ प्रतिशत विद्यार्थी मात्र परीक्षा पास गर्न सफल भएको देखिएको छ। उत्तर पूर्वी राज्यमा बोर्ड परीक्षामा यसरी नतिजा आउनु कुनै नयाँ कुरा भने होइन ।
गत वर्ष ७० वटा विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण भएका थिएनन् । यसअघि सन् २०१४ मा यस्ता विद्यालयको संख्या ४८ थियो भने सन् २०१३ मा २८ थियो ।
मणिपुर विद्यालय शिक्षा विभागका निर्देशक प्रवीण सिंहले बीबीसीसँग भने–हामीले स्वीकार गर्नुपर्छ कि यसका लागि शिक्षक जिम्मेवार छन् । निजी विद्यालयका शिक्षकको तुलनामा उनीहरुलाई तीन गुना बढी पारिश्रमिक पाउँछन् । तर उनीहरुको यो प्रदर्शन छ । उनले भने–हालै प्राथमिक विद्यालयलाई माध्यामिक विद्यालयमा परिणत गरिएको छ । अझै सही ढाँचा बनाउन बाँकी छ । यो पनि परिणामको कारण हो । प्रवीण सिंहका अनुसार यी बालबालिका गरिब परिवारका विद्यार्थी हुन् र परिवारबाट उनीहरुलाई पढाईमा कुनै सहयोग प्राप्त हुँदैन । दशौं कक्षाको परीक्षामा खराब नतिजापछि विद्यालय शिक्षा विभागले पाठ्यक्रम परिवर्तन गर्ने आश्वासन दिएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]