तलबमा नोटको सट्टा सिक्का नै सिक्का दिएपछि

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । कोरियामा घर बनाउने कम्पनीको साहुले एक प्रवासी मजदुरलाई( उजुबेक्स्थानी) ४४ लाखवोन तलब सिक्काकामा दिएको छ । १०० र ५०० वोनको त्यो सिक्का गरि जम्मा २३ हजार ओटा सिक्का थियो । १०० वोनको सिक्का १७५०५ ओटा थियो भने ५०० वोनको सिक्का ५२५७ ओटा दिएको थियो । यी प्रवासी मजदुर ख्यांसाननम्दोको सानो शहरमा काम गर्दथे । साहुले बिभिन्न झोलामा राखेर ल्याएको १०० र ५०० को सिक्का कोठामा छरेर खुट्टाले सबै मिसाई दिएका थिए । साथै यी मजदुरलाई अपशब्दहरु प्रयोग गरि यी मजदुरले भुइमा छरेको शिक्का टिपेर रामेनको (चाउचाउ) बाकसमा राखेर उनिहरु बस्ने कोठामा लिएर गएको ख्यांग्नाम दैनिक पत्रिकालाई उधृत गर्दै एमटियु अध्यक्ष उदय राईले जानकारी दिए ।
उक्त सिक्का छुट्याउन रातभर लागेको थियो । “बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म काम गरे बापतको तलब मागेको हो किन मैले यस्तो हेपाई ( अभद्र ब्यबहार) भोग्नु परेको हो थाहा भएन ।” उनले दु:ख प्रकट गर्दै भने । बिहान उज्यालो भए पछी यिनीहरुले सधै किनमेल गर्ने पसलमा गइ यो सिक्का नोटमा साटीदिन आग्रह गरे अनि पसलेसंगै सिक्का गाडीमा राखेर कृषि बैंक र शाखाको विभिन्न ठाउमा गए तर सिक्का धेरै भएकोले साट्न नसकिने बैकले जानकारी गरायो । अन्तिममा छंगवनमा भएको कोरियन बैंकमा गए पछीमात्र नोटमा साट्न सफल भए । कोरियन बैंक ख्याग्नाम क्षेत्रिय कार्यालयमा यो सिक्का कार्यलयको काम बन्द हुनु अघि ३ बजेर३० मिनेट जादा पुर्याईयको थियो । त्यो सिक्का बैंकको ४ जना कर्मचारीलाई सिक्का छुट्याउने मेसिनबाट छुट्याउन ४५ मिनेट लागेको थियो । सबै सिक्का छुट्याएर गन्दा ४४ लाख वोन थियो । ५० हजारको नोटमा साटी उनीहरुले पैसा लगेका थिए।
३ जना उजुबेक्स्थानिहरु १० वर्ष अगाडीदेखि पुसान क्षेत्रमा काम गर्दै आएको थिए । गत मे को १६ बाट घर बनाउने कम्पनीमा लगभग १ महिना जति काम गरेका थिए । बिहान ७ देखि बेलुकी ८ बजेसम्म काम गर्नु पर्थ्यो । तर साहुले हप्तामा दिनु पर्ने तलब ठिक समयमा नदिएर ढिला गर्न थाल्यो । गत ७ तारिक तलब दिने दिन थियो दिएन, ८ तारिक पनि दिएन र ९ तारिकमा उनी काम गर्न गएनन । साहुले किन काम गर्न नआएको भनेर बझ्न खोज्यो अनि तलब नदिए काम गर्न नसकिने भन्ने जवाफ दिए पछि त्यस साहुले रिसले सिक्का साटेर तलब दिएका थिए । यो सिक्का ६ वोटा बैंकमा ३ घण्टा लगाई साटिएको थियो । बैंकको कर्मचारीले “मैले ३० वर्ष बैंकमा काम गरे तर यस्तो घटना पहिलोपटकहो ” भने । यी प्रवासी मजदुरको कुरा सुन्दा धेरै दुख लाग्यो भन्दै बैंकका एक कर्मचारीले मन्जन ,बुरुस र पानि रुमाल सम्झना स्वरूप उपहार दिएर पठाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]