कमेन्टको करामत …

काठमाडौं, २९ जेठ । आफ्नो तौल र फिगरका विषयमा गरिएको आपत्तिजनक टिप्पणीको घानाकी एक जना नर्सले जुन जवाफ दिएकी छन् त्यसकै कारण अहिले उनी सामाजिक सञ्जालमा हिरोका रुपमा देखा परेकी छन् । मनाकी टैटी नामकी यी महिलाले आफ्नो इन्गेजमेन्टको तस्वीर जब सामाजिक सञ्जालमा पोस्ट गरिन् तब कतिपयले कयौ अभद्र टिप्पणी गरे । केहीले कमेन्टमा लेखे–मनाकीको ब्वायफ्रेण्डको मन साँच्चिकै ठुलो छ ।’ त केहीले लेखे–मनाकीका ब्वायफ्रेण्डको ढाडको हड्डीलाई अलविदा ।
केही कमेन्ट यति शरारतपूर्ण र विवादित थिए कि यहाँ उल्लेख गर्न समेत नसकिने खालका छन् । तर, टैटीले त्यसको जवाफमा लेखिन्–यस्ता घटिया कमेन्टले मेरो खुसी बर्बाद गर्न सक्दैन । मेरा लागि यो उत्सवको समय हो । यस्ता मुर्खतापूर्ण कुराको जवाफ दिन मसँग समय छैन ।
त्यसलगत्तै मनाकी सामाजिक संजालमा चर्चित बनिन् । र उनलाई ‘प्लस साइज महिलाहरु’का लागि प्रेरणादायक मानिन थालिन् ।
इन्स्टाग्राममा उनका ३० हजार बढी फलोअर्स पुगिसकेका छन् । फेसबुकमा उनका यतिधेरै साथी बनिसकेका छन् कि अब उनलाई फ्रेण्ड रिक्वेस्टसमेत पठाउन सकिन्न ।
घानाका चर्चित टेलिभिजन पत्रकार इसराइल लार्यीको टेलिभिजन कार्यक्रममा आएपछि उनको लोकप्रियता झनै वृद्धि भयो । यद्यपि सामाजि कसञ्जालमा कतिपयले यहाँसम्म भनेकी मनाकी यतिधेरै लोकप्रियताको हकदार छैनन् । टैटीको विवाह २० जुनमा छ । उनले बीबीसी ट्रैंडिङसँग भनिन् कि उनी आफ्नो तौल कम गर्ने कोशिस गरिरहेकी छन् । तर यो उनको आफ्नै स्वास्थ्यका लागि हो अरु कसैले गरेको आलोचनाका कारण होइन ।
टैटीले भनिन्–केही वर्षअघिसम्म बढी तौल हुने महिलालाई सुन्दर मान्ने गरिन्थ्यो । यस्ता महिलाको सुन्दरताको बयान गर्न कयौ गीतसमेत रचना गरिएका छन् । तर अब समय परिवर्तन भयो । इन्टरनेट र विदेशी चलचित्रको सोचमा यस्तो असर परेको हो । त्यसैले अहिले दुब्ली पातली महिलालाई मात्र सुन्दर मान्ने गरिन्छ । बढी तौल भएका पुरुष र महिलालाई हाँसोको पात्र बनाउने गरिन्छ । एउटा सीमाभन्दा बाहिर यस्ता कुराले मानिसको आत्मविश्वास र आत्मसम्मानमा ठेस पुराउने गर्दछ ।
उनी भन्छिन् कि उनको परिवारका उनको साथ छ । र, अब मानिसका यस्ता नकारात्मक कुराले उनलार्य प्रभावित गर्दैन । मनाकी अब व्यग्रताका साथ आफ्नो विवाहको मिति कुरिरहेकी छन् । – एजेन्सी