कुखुरा लिएर विश्व भ्रमण !

२०७३ जेष्ठ ३२ गते, मंगलवार

काठमाडौ, ३२ जेठ । एक फ्रेन्च नागरिकले आफूसँगै कुखुरालाई लिएर विश्व भ्रमण गर्दैछन् । समुद्री मार्गबाट विश्व भ्रमण गरिरहेका तीन युवक र कुखुराको तस्वीर हालै फ्रेन्च मिडियामा प्रकाशित भएपछि यसले विश्वव्यापी चर्चा पाएको हो । २४ वर्षीय गुइरिक सोडीले कुखुरालाई लिएर विश्व भ्रमण गरिरहेका हुन् । दुई वर्षदेखि यात्रारत उनले शुरुमा बिरालोलाई लिएर विश्वभ्रमण गर्ने सोच बनाएका थिए । तर बिरालोका लागि हेरचाहमा समय खर्चिनुपर्ने भन्दै उनले आफ्नो सहजताका लागि कुखुरालाई साथी बनाएर लगेका हुन् । उनले भने, ‘कुखुरालाई हेरचाहमा पनि बढी समय दिनुपर्दैन र समुद्रमा पनि मलाई कुखुराबाट अण्डा प्राप्त भइरहेको छ ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]