कहिल्यै देख्नु भएको छ यस्तो रुख ?

२०७३ जेष्ठ ३२ गते, मंगलवार

काठमाडौं,३२ जेठ । क्यालिफोर्नियामा एउटा यस्तो रुख छ, जसलाई पार गरेर गाडी ओहोरदोहोर गर्ने गर्दछन् । यो हेर्दा फेक लाग्छ सक्छ, तर यो वास्तविक हो । रुख आरपार गर्ने यो टनेलबाट कार पनि ओहोरदोहोर गर्ने गर्दछन् ।
बताइएअनुसार स्थानीयले यो रुखमा टनेल बनाएका हुन् । यसलाई पर्यटकीय आकर्षणका लागि बनाएको हो । तर, वर्षौपछि पनि यो कायम रहनु आश्चर्यको कुरा हो । यो टनेल redwoods र sequoias को रुखमा बनाइएको छ। रिपोर्टअनुसार यो रुखको उमेर तीन हजार वर्षसम्म हुन सक्दछ । यसको उचाई ३ सय फिटसम्म हुन सक्ने बताइएको छ।
कतिपयले यो कुरामा विश्वास नै गर्दैनन् । कतिपय रुखको त्यतिधेरै भाग काटेपछि पनि रुख कसरी बच्यो भन्ने प्रश्न समेत गर्दछन् । एम्युजिंग प्लानेटका अनुसार यो रुखबाट पहिलोपटक सन् १८७५ मा गाडी गुडेको थियो । पर्यटकले यो रुख पार गरेको रकम पनि तिर्नुपर्ने व्यवस्था गरिएको छ। एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]