समाचार वाचिकाले पेन्टी देखाइदिएपछि….

२०७३ असार ५ गते, आईतवार

काठमाडौं, ५ असार । फक्स स्पोर्टसकी समाचार वाचिका अलिना मोईका साथ लाइभ शोका क्रममा जुन घटना भयो, त्यसबाट आम दर्शकसमेत आश्चर्यमा परे । अलिना मोई आफ्ना सहप्रस्तोता मैक्सी पल्माका साथ लाइभ शो प्रस्तुत गरिरहेकी थिइन् । विषय थियो रियो द जेनेरियोमा हुने ओलम्पिक प्रतिस्पर्धा । कुराकानी गर्ने बेला उनी आफ्नो हात पनि निकै हल्लाइरहेकी थिइन्, तब यस्तो घटना भयो, उनी आफ्नो कपडा ठिक गरेर सम्हालिनै भ्याइनन् ।
हात नचाउँदै बोल्ने क्रममा उनको हातमा रहेको कुनै क्लिप उनको मिनी ड्रेसमा अड्कियो र कपडा माथि उठ्यो । जसका कारण उनको अन्डरवियर मात्र देखिन थाल्यो । तैपनि फक्स स्पोर्टसकी समाचार वाचिका अलिनाले बिना हडबडाहट आफ्नो मिनी ड्रेस तल सारिन र कार्यक्रम जारी राखिन् । अलिना एक प्रोफेशनल हुन् र उनी फक्सका लागि विगत दश वर्षदेखि काम गरिरहेकी छन् । अलिना समाचार वाचिकाका साथै मोडलिङ पनि गर्छिन् । उनी अन्डर गार्मेन्ट्सको ब्रान्ड सेलुका लागि पनि काम गर्दछिन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]