लाशका लागी होटल !

२०७३ असार ५ गते, आईतवार

काठमाडौं, ५ असार । जापानमा नयाँ बिजेनश हो, लाशको राख्नु । यसका लागि एउटा होटल नै बनेको छ । कावासाकीको यो होटललाई लाशको होटल भन्न सकिन्छ । यथार्थमा यो एउटा मुर्दाघर हो । जसमा जापानका त्यस्ता लास राखिन्छ, चिहानमा गाड्ने तयारीमा हुन्छ । जापानको मुर्दाघरमा भीड यति बढी छ कि लाशको लाइन लामो हुँदैछ ।लाश राख्ने यो होटलको खर्च पनि कम हुँदैन । अन्तिम क्रिया गर्नुअघि एउटा लाश यहाँ राखेको दैनिक भाडा नेपाली रुपैयाँ आठ हजारभन्दा बढी पर्छ ।
होटलमा कुल दश वटा कोठा छ । एउटा लाशलाई चार दिनभन्दा बढी यहाँ राख्न सकिन्न । यो चार दिनमै परिवारले अन्तिम संस्कार स्थल खोज्नुपर्ने हुन्छ ।
त्यसो त अरु केही होटलले पनि यसरी लाश राख्ने गर्दछन् । तर, उनीहरु यो काम लुकीछिपी गर्ने गर्दछन् । सुसु होटलले पहिलोपटक खुलारुपमा यो काम सुरु गरेको हो, त्यो पनि बिना हिच्किचाहट ।
एउटा कुरा यो होटलमा अलि फरक छ, त्यो हो, यहाँ लाशलाई फ्रिजमा राखिदैन । लाशलाई अन्य कुनै सामान्य पाहुना सरह एयरकन्डिशनरमा राखिन्छ ।
जापानमा मृत्युदर तिब्रताका साथ बढिरहेको छ । हरेक वर्ष २० हजार बढी मानिस मर्छन् । सन् २०४० सम्म वर्षेनी १७ लाख मानिस मर्ने आशंका गरिएको छ।
तर, कावासाकीको यो लाशको होटल वरपर बस्नेहरु पनि खुसी छैनन् । उनीहरुले विरोध पनि गरिरहेका छन् । तर, होटल मालिक बढ्दो मागबाट पैसा कमाउने आशा गरिरहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]