ओम अंकित चप्पल बेच्ने व्यापारी पक्राउ

२०७३ असार ८ गते, बुधबार

काठमाडौं, ८ असार । हिन्दू समुदायको विरोधपछि पाकिस्तानको सिन्ध प्राप्तमा हिन्दूको प्रंतीक ओम लेखिएको चप्पल विक्री गर्ने पक्राउ परेका छन । पाकिस्तान हिन्दू काउन्सिलले ताँदो आदम खान शहरका पसलेविरुद्ध एफआरआई दर्ता गराएको थियो । जिल्लाका प्रहरी प्रमुखले पाकिस्तानको कडा मानवीय कानुनअन्तर्गत पसलमा राखिएको सबै चप्पल जफथ गरिएको बताए । समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तानको हिन्दू महासभाका प्रमुख रमेश कुमारले भने–हिन्दूको प्रतीक ओम अंकित चप्पल बेच्नु अपमानजनक र अनैतिक हो ।
मुस्लिम बहुल पाकिस्तानमा मानवीय कानुनअन्तर्गत कुनै पनि धर्मको अपमान गर्नु अपराध हो । पाकिस्तानको सिन्धमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बी समुदयाको बसोबास छ । जसको संख्या करिब ३० लाख रहेको अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]