भगवान नै विरामी परेपछि …

काठमाडौँ, ९ असार । भारतको राजस्थानको उदयपुरस्थित जगन्नाथ धामका भगवान आफै विरामी परेका छन् । त्यसैले उनी आफ्न भक्तजनलाई देख्न असमर्थ छन् । मन्दिरका पुजारीले भने–भगवान विरामी छन्, उनी औषधि सेवन गरिरहेका छन् । भगवानले अझै १५ दिन आराम गर्नुहुनेछ ।
यो मन्दिरमा हरेक वर्ष विशेष मेला गर्ने परम्परा छ । जुन निकै समयदेखि ओडिसाको पूरीमा बनेको मन्दिरमा मनाइन्छ । पूरीमा एउटा मात्र मन्दिर छ । त्यहाँ भगवान मानिसकै रुपमा रहने विश्वास गरिन्छ । त्यसैले मानिसहरुमा लागु हुने प्राकृतिक नियम यहाँ भगवानमा पनि लागु हुने गर्दछ ।
परम्पराअनुसार बिहीबार निस्केको ज्येष्ठ पूर्णिमाको अवसरमा यो वर्ष भगवान जगन्नाथलाई ३५ स्वर्ण घण्टामा महास्नान गराइको छ । यसपछि उनलाई सुनको सिंहासनमा बसाइएको थियो । यो महास्नान र आमरसबाट भगवान विरामी भएका हुन् । अब उनलार्य कुनै भोक लाग्ने छैन । यसका साथै उनी १५ दिनसम्म मात्र आयुर्वेद औषधि सेवन गर्नेछन् । अब मन्दिर असार शुक्ल अर्थात ५ जुलाईमा मात्र खुल्नेछ । यसका साथै उनलाई रथमा उनका भाइ, बहिनी सुभद्रा र बलभद्रका साथ घुमाइनेछ ।- एजेन्सी