चीट चोर्नेलाई जेल सजाय !

२०७३ असार १४ गते, मंगलवार

काठमाडौ, १४ असार । उत्तरपूर्वी भारतमा परीक्षामा चीट चोरी गरेर लेखेको आरोपमा प्रहरीले एक विद्यालयमा अध्ययनरत् १७ वर्षीया विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी अधिकारीले आइतबार सो जानकारी दिएको जनाइएको छ । परीक्षामा चीट चोर्ने विद्यार्थीलाई पनि यसरी प्रहरीबाट पक्राउ गरिएको यो घटना भारतको इतिहासमा दुर्लभ घटना हो । गत शनिबार १७ वर्षीया रुबी रायलाई भारतको बिहार राज्यमा राज्यस्तरीय परीक्षामा चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बिहार विद्यालय परीक्षा बोर्डको आदेशमा ती किशोरीको अन्तर्वार्ता लिइएको र पुनःपरीक्षामा उनी अनुत्तीर्ण भएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ । उनलाई दुई हप्ताको जेल सजाय तोकिएको पनि बताइएको छ । आफ्नो विषयमा उत्कृष्ट भइ उत्तीर्ण हुन सफल ती किशोरी पुनःपरीक्षामा अनुत्तीर्ण भएपछि पक्राउ गरिएको बताइएको छ ।
यसरी आ–आफ्ना विषयमा उत्कृष्ट नम्बर ल्याएर पास भएका विद्यार्थीहरुले आफ्नै विषयको नाम नै राम्रोसँग उच्चारण गर्न नजान्ने भएपछि उनीसहित १८ जना उत्कृष्ट विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बिहारको विद्यालय तहको शिक्षा प्रणालीमा विगत लामो समयदेखिै नै प्रश्न उठ्ने गर्दछ । सिकाइ प्रणाली नै सजिलो नभएको र यसले गर्दा विद्यार्थी कमजोर हुनपुगेको बताउने गरिन्छ । यसका साथै यस वर्षको वार्षिक परीक्षामा झन् यी विद्यालयले विद्यार्थीको परीक्षा थप भरपर्दाे र व्यवस्थितरुपमा लिने भन्दै परीक्षाका लागि अभिभावकबाट थप दस्तुर पनि लिएका थिए । यसरी परीक्षा लिँदा पनि यस पटकको परीक्षा मर्यादित र व्यवस्थित हुन नसकेको भन्दै अभिभावकहरुले विद्यालय र शिक्षकको कडा विरोध गरेका छन् । एक टेलिभिजनद्वारा लिइएको अन्तर्वार्तामा उनले पोलिटिकल साइन्स्को उच्चारण राम्रोगरी गर्न पनि नसकेको र सो राजनीतिशास्त्र खाना पकाउने शास्त्रसँग सम्बन्धित हो भनी बताएपछि त्यहाँ भएका व्यक्तिहरु आश्चर्यचकित भएका थिए । उनीसँगै १८ व्यक्तिलाई गिरफ्तार गरिएको बिहार राज्यका वरिष्ठ प्रहरी निरीक्षक मनु माहाराजले एएफपी समाचार समितिलाई बताएका छन् । – रासस/एएफपी

प्रतिक्रियाहरु

[anycomment]