आइमाई फल्ने रुख !

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन । थाइल्यान्डमा एउटा अनौठो प्रकारको रूख फेला परेको छ । उक्त रूखमा फल्ने फलको आकार ठ्याक्कै युवतीको आकार–प्रकारसँग मिल्दोजुल्दो छ । यो थाइल्यान्डमा अत्यधिक बिक्री हुने फलमध्ये एक हो ।
पौराणिक कथाअनुसार इन्द्र भगवानकी पत्नी भेसान्तारा दुई सन्तानलाई छाडेर काठ ल्याउन जंगल गएकी थिइन् । त्यतिबेला उनीमाथि आक्रमणको प्रयास भयो । त्यसपछि इन्द्रले नारीफोन नामक १२ वटा विशेष फलफूल तयार पारे ।
त्यसमध्ये एउटा फल आफ्नै श्रीमतीको शारीरिक बनावटसँग मिल्दोजुल्दो बनाए । थाई कहावतअनुसार त्यसपछि निरन्तर रूखमा युवतीको आकारको फल फल्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]