सित्तैमा तेल पाउने भएपछि …

२०७३ श्रावण १५ गते, शनिबार

काठमाडौँ, १५ साउन । गत २१ जुलाईका दिन युक्रेनको किभमा एउटा ग्यास पम्प मालिकले सित्तैमा ट्यांकी भर्ने अफर दिएका थिए । यसका लागि बिकिनी र हाइहिल सैन्डलमा फ्युल भर्नका लागि आउनु जरुरी थियो ।
सर्वसाधारणमा जसै यो खबर फैलियो तब महिला मात्र होइन, पुरुष पनि हाइहिल र बिकिनीमा फ्युल स्टेशन पुगे । यस क्रममा फ्युल स्टेशनमा निकै लामो लाइन लाग्यो । मानिसहरु बिकिनीमा आफ्नो तस्वीर पनि खिचाइरहेका थिए । यसअघि रुसको समारामा पनि एउटा पेट्रोल पम्पले महिलाहरुलाई यस्तै अफर दिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु