१६ वर्ष लामो भोक हड्ताल तोडिदै

२०७३ श्रावण २५ गते, मंगलवार

काठमाडौं, २५ साउन । इरोम शर्मिला चानु आज सशस्त्र बल विशेषाधिकार कानुनविरुद्ध १६ वर्षदेखि जारी राखेको भोक हड्ताल आज तोड्दैछिन्। ५ नोभेम्बर सन् २००० मा त्यो अन्तिम दिन थियो जुन दिन इरोमले खानेकुराको अन्तिम स्वाद लिएकी थिइन् । इन्फालको मालोम गाउँमा १० जना मारिएपछि इरोमले उक्त कानुन खारेज नभएसम्म खाना नखाने कसम खाएकी थिइन् ।
इरोमले अहिलेसम्म आफ्नो परिवारजनसँग आफ्नो निर्णयका बारेमा कुरा गरेकी छैनन् । मानव अधिकार बबुल लोइटोंगबम ती थोरै व्यक्ति मध्येका एक हुन जसले अस्पतालमा नजरबन्द अवस्थामा रहेकी शर्मिलाको निर्णयका बारेका केही गर्न गरेका छन् ।
उनका अनुसार इरोमलाई बिहान अस्पतालबाट १५ मिनेटका लागि बाहिर आउन दिइन्छ ताकि उनले घाम ताप्न सकुन् । त्यही १५ मिनेटमा केही दिनपहिला पनि उनी अस्पताल पुगेका थिए । उनीसँग इरोमले उनी त्यही दिन भोक हड्ताल तोड्न पनि सक्थिइन् । तर, उनी सबैबाट कस्तो प्रतिक्रिया आउँछ जान्न चाहन्थिन् । उनको फैसलाका विषयमा कुरा गर्न नपाउँदै १५ मिनेटको समय सकिएको उनले बताए ।
बबूलले भने–इरोमले म हिँड्नै लाग्दा भावुक भएर यति भनिन् ‘हेर यही मेरो अस्तित्व हो, एक कैदीको । तिमीहरु बुझ्न सक्छौ कि म कसरी बाँचिरहेकी छु ।
गत १६ वर्षमा इरोमलाई हरेक १५ दिनमा इन्फाल अस्पतालको जेल वार्डबाट कोर्ट लग्ने गरिएको छ । न्यायाधीश उनीसँग सोध्ने गर्छन्–के तिमी भोक हड्ताल तोड्न तयार छौ । हरेक पटक उनको जवाफ हुने गरेको थियो ‘तोड्दिनँ’ । तर, आज यस्तो हुने छैन ।
न्यायाधीशलाई उत्तर दिएपछि उनले आफ्नो भोक हड्ताल तोड्ने छिन् । यद्यपि उनको लडाईमा वर्षौदेखि साथ दिइरहेका मोमोन लाइमाजस्ता महिलाहरु उनको निर्णयप्रति सन्तुष्ट छैनन् ।
उनी भन्छिन्–इरोम शर्मिलाले हामीसँग एकपटक पनि कुरा नगरी भोक हड्ताल तोड्ने निर्णय गरिन् । यो दुर्भाग्यपूर्ण छ, मणिपुरका लागि, हाम्रा लागि । हामी त उनकी आमा जस्ता हौ । हामीले वर्षौदेखि उनलाई साथ दियौ । उनी निकै असाधारण छिन् तर अचानक यो निर्णय किन ?
शहरमा संचारकर्मी र कार्यकर्ताहरुको भिड छ, तैपनि एउटा विचित्रको सन्नाटा छ । यही सन्नाटामा इरोमका लागि आवाज पनि सुनिने गर्दछ । मणिपुर विश्वविद्यालयका केही छात्राहरुले आफ्नो कुरा राख्दै भने–१६ वर्ष निकै लामो समय हो ।
आखिर इरोमका पनि केही सपना होलान् । हामी एक दिन राम्रो खाना नपाउँदा त गुनासो गर्न थाल्छै । इरोम किन चुनाव नलडुन् ? किन विवाह नगरुन् ?
आजबाट सधैं उनको नाकमा लागेको पाइप शायद रहनेछैन । रिहा भएपछि उनी घाम ताप्नका लागि अस्पतालबाट प्राप्त हुने १५ मिनेटको सीमा बन्धन हुनेछैन । उनी आफन्तजनसँग कोर्टको छायाँबेगर भेटघाट गर्न सक्ने छिन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]