आठ दाजुभाईको एउटै श्रीमती !

काठमाडौँ, १४ भदौ । महाभारतको द्रौपदीलाइ पछि पार्दै आठ दाजुभाईको एक श्रीमती भेटिएको छ । महाभारतको कथामा पाण्डवकी संयुक्त पत्नी द्रौपदीलाई पाञ्चाली पनि भनिन्छ । त्रेतायुगको त्यो कथा अहिले पत्याउन गाह्रो पर्छ तर यो कलि युगमा द्रौपदीभन्दा पनि अझै कडा महिला निस्किएका छन् ।
जसका पाँच होइन आठ जनासम्म पति हुन्छन् । भारतको मध्यप्रदेश र राजस्थानको सिमानामा रहेको एक गाउँमा केटीहरुको अभावका कारण परिवारका आठ जनासम्म दाजुभाइले एउटै श्रीमती साझेदारी गर्न बाध्य भएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यस्तो अनौठो प्रथा विद्यमान रहेको गाउँको नाम हो मुरैना गाउँ । जहाँ एक महिलाले परिवारका सबै दाजुभाइसँग बिहे गर्छिन् र सबैको साझा दुलही बन्दछिन् ।
बिहेपछि महिला पालोपालो गरेर आफ्ना सबै लोग्नेसँग बस्दछिन् । साँच्ची निकै अप्ठेरो लाग्छ सुन्दा । यो कुनै खुसियालीमा होइन, बाध्यतामा गरिएको हुन्छ । गाउँमा बिवाह गर्नका लागि बेहुलीहरुको अभाव छ । बिहे गर्ने उमेरका केटाहरुको संख्या भने पहिले देखि नै
बढि हुँदै आएको छ । जसका कारण यस्तो बहुपति प्रथा परम्परागत रुपमै चल्दै आएको छ । जस अनुसार परिवारमा जति दाजुभाइ भएपनि एउटै साझा श्रीमतीसँग बिहे गर्दछन् । ती श्रीमतीमा सबै भाइको बराबर हक लाग्दछ । गाउँमा विरलै परिवार मात्र यस्ता छन् जसमा महिलाका केवल एक जना मात्र पति छन् ।
पछिल्ला केही वर्षयता भएका विवाहमा युवतीहरुले एकमात्र पतिसँग बिहे गर्नै पाएका छैनन् । कतिपयका त आठ जनासम्म पति छन् ।