करोडपति कुखुरो !

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौँ, ४ असोज । सुनको अण्डा पार्ने कुखुराका विषयका दन्तेकथाहरु त सुन्नुभएकै होला । सायद आफैंले सुनको अण्डा नै पारेपछि कुनै कुखुराका लागि सुनको ओछ्यानमा सुत्न कुनै आइतबार कुर्नु परोइन तर यो दुनियामा एउटा यस्तो कुखुरा छ जसले आफुले सुनको अण्डा पार्दैन तर सुनको ओछ्यानमा सुत्दछ । त्यो दुनियाँकै धनी करोडपति कुखुरो सुनेको ओछ्यानमा सुत्ने मात्र कहाँ हो र करोडपति मान्छेले भन्दा बढि चैन काटेको छ । यो कुखुराले नोकर चाकर कज्याएको छ र उसका महंगा गाडी पनि छन् । कुखुराको सुरक्षाका लागि सेक्योरिटी गार्ड छन् र उसलाई मनपर्ने खाना बनाएर खुवाउन शेफको पनि व्यवस्था गरिएको छ । त्यो भाग्यमानी कुखुराको नाम हो गिगू । यो पोथी कुखुरी आम सर्वसाधारण अमेरिकीभन्दा पनि धनी छ । यो बेलायती कुखुरा सन् २००२ मा करोडपति भएको हो जब जब उसका मालिक माइल्स ब्लाकवेलको मत्यु भयो । ब्लाकवेलको मृत्युपछि उनकै इच्छा बमोजिम उनको १५ लाख डलरको सम्पत्तिको उनको प्रिय कुखुरा गिगूको नाममा भयो । ब्लाकवेल र उनकी श्रीमतीको तीन हप्ताकै अन्तरालमा मृत्यु भएको थियो । त्यसको एकवर्ष अघि त्यो दम्पत्तिले आफ्नो व्यवसाय बिक्रि गरी बेलायतको ग्रामीण इलाकामा गई भेडा तथा कुखुरा पालन गरी बसेका थिए । उनले घरमा पालेको कुखुरामध्ये गिगू सबैभन्दा प्यारो थियो र आफ्नो सम्पत्ति शेषपछि उसैको नाममा हुने बकसपत्र उनले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]