नितम्ब देखाउनेलाई ६ महिना जेल !

काठमाडौँ , ११ असोज । अस्ट्रेलियाको भिक्टोरिया प्रान्तले सार्वजनिक रुपमा नग्न नितम्ब देखाउनुलाई अपराध घोषित गरेको छ । यद्यपि आफ्नो नितम्ब देखाउनु विरोधको एउटा तरिकामा पनि मान्ने गरिएको छ। केही कानुनअनुसार यसलाई अपराध पनि मानिएको छ। यस्तो गर्दा पहिला पनि कानुनअनुसार दण्डको प्रावधान थियो । तर अब यसलाई विशेष विधेकअन्तर्गत प्रतिबन्धित गरिएको हो ।
यसप्रकारको अपराध पहिलोपटक गर्दा दुई महिनासम्म जेल सजायउ हुन सक्ने व्यवस्था गरिएको छ। तर पटकपटक यही हर्कत दोहोराए ६ महिनासम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था गरिएको छ।
भिक्टोरियामा यौन अपराधसँग सम्बन्धित कानुनमा करिब ५० संशोधन गरिएको छ। समरी आफेन्सेज एक्टमा भनिएको छ–अभर्द व्यवहार वा अपमानजनक व्यवहारमा कसैलाई यौन अंग देखाउनु पनि पर्दछ । यो कानुनअन्तर्गत ‘अश्लील गीत गाउन’ पनि प्रतिबन्ध लगाइएको छ। यसलाई ‘अभद्र, अपद्रवी, आक्रामक र अपमानजनक’ मानिएको छ। – एजेन्सी