चोरको सामानसहित भैंसी प्रहरी चौकी पुगेपछि…

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ, ११ असोज । चोरले भैसी चोरी गरेर स्थानीय चम्बल नदी हुँदै मध्यप्रदेशका लागि जाँदै थिए । भैंसीले चोरको मोबाइल, कपडा, पर्स र जुत्ता चप्पल लिएर मध्यप्रदेशको अम्बा प्रहरी चौकी पुगेपछि सबै आश्चर्यमा परेका छन् । तर, दुवै चोर भने पक्राउ परिसकेका छैनन् ।
भारतीय संचार माध्यमहरुले जनाएअनुसार राजस्थानको धौलपुर जिल्लाको ढिहौली प्रहरी चौकीका एएसआई तथा घटना छानविन गरिरहेका शिवशंकर त्यागीले बताएअनुसार अतरोली गाउँमा भैसी चोरी गरेपछि दुवै आरोपी चम्बल नदी हुँदै मध्यप्रदेश जाने योजनामा थिए । उनीहरु दुवैले आफ्नो मोबाइल, पर्स, कपडा, जुत्ता र चप्पल प्लास्टिकको थैलामा हालेर भैंसीको सिङमा थैलो बाँधिदिएका थिए ।
दुवै चोर भने भैंसीको पुच्छर समातेर नदी पार गर्ने क्रममा करिब आधा किलोमिटर दुरी नदी पार गर्न अघि बढे । नदी पार गर्ने बित्तिकै भैंसी कुठाला गाउँ पुग्यो । गाउँलेले भैंसीको सिङमा थैलो देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले थैलोमा मोबाइल लगायतका समान फेला पारेको हो ।
त्यागीका अनुसार स्थानीय र मध्यप्रदेश प्रहरीले सुचना अनुसार भैंसी चोरी गरी ल्याइएको थियो । ढिहौली थानामा भैंसी मालिकले २३ सेप्टेम्बरमा भैसी चोरी भएको उजुरी दर्ता गराएका थिए । प्रहरीले भारतीयउ दंड संहिताको धारा ३७९ अन्तर्गत कारबाही सुरु गरेको जनाएको छ। भैंसीलाई भने अस्थायी मालिकका रुपमा बुझाइएको छ। भैसी चोरीमा संलग्नहरुको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार