मृत्यु संस्कारलाई १ दिनमा किन नसिध्याउने ?

२०७३ मंसिर ९ गते, बिहीबार

काठमाडौँ, ९ मङ्सिर । जन्मदेखि मृत्युसम्म गरिने १६ हिन्दु संस्कारमध्ये अन्त्येष्टिलाई विशेष मानिएको छ । मृत्युपछि परलोकको सुख र कल्याणका लागि मृत्यु संस्कार आवश्यक ठानिन्छ । अधिकांश हिन्दु शवलाई नदी किनारमा जलाउने गर्छन् । शव जलाएको दिनदेखि १३ दिनसम्म निरन्तर मृत्युसंस्कार जारी रहन्छ । त्यसपछि एक वर्षसम्म नियमित मासिक श्राद्ध र वर्ष दिन पुगेपछि वार्षिकी गरिन्छ ।
काजकिरियालाई १३ दिन मात्र गर्नुपर्नेे नियम जुद्धशमशेरले विसं १९९८ जेठबाट सुरु गराएका हुन् । त्यसअघि १३ महिना किरिया गरिने चलन थियो । द्वापर युगको अन्त्यसम्म हिन्दु धर्मका धरोहर राम, सीता, राधा, कृष्ण आदिको किरिया भएको बिषय कहीँ पनि उल्लेख छैन । त्यसको अर्थ द्वापरको अन्त्यतिर अहिलेका जस्ता अर्थ लगाउन नसक्ने पण्डित नभएर उनीहरूको मृत्यु संस्कार भएन भन्नु हास्यास्पद हुन जान्छ । सात दिनसम्म गरिने श्रीमद्भागवत् सप्ताहलाई एकाहा बनाउन सहजै स्वीकार गर्ने हिन्दु समाजले १३ दिने किरियालाई १ दिनमा किन ग्रहण गर्न सक्दैन ? हाम्रो धर्म ग्रन्थ तथा वेदमासमेत १३ दिने मृत्यु संस्कारको बारेमा कहीँ कतै केहि पनि उल्लेख छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु