चोरिएको १८ वर्षपछि जीवित फेला !

२०७३ माघ १ गते, शनिबार

काठमाडौं, १ माघ । अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली १८ वर्षपछि जीवित भेटिएकी हुन् ।मोब्लीलाई अस्पतालबाट चोर्ने ५१ वर्षकी ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाको वाल्टरबोरोबाट पक्राउ गरेको छ । मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै आएकी थिइन् । विलियम्सले मोब्लीको नाम पनि परिवर्तन गरेकी थिइन् । डिएनए परीक्षणबाट मोब्लीको पहिचान गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको ज्याक्सनभिलाका अधिकारीले बताएका छन् ।
जन्मिएको ८ घण्टापछि नै हेल्थ केयर वर्करको रुपमा आएकी महिलाले मोब्लीलाई लगेकी थिइन् । २५ सय भन्दा बढी सूचनाको आधारमा मोब्लीलाई पहिचान गर्न सफल भएको सरकारी अधिकारीले बताएका छन् । मोब्लीका परिवारलाई यस बारेमा जानकारी गराइएको छ । तर परिवारसँग कसरी भेट्ने भन्ने निर्णय मोब्ली आफैले गर्न पाउने छिन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार