हत्याको दृश्य ‘फेसबुकमा लाइभ’

काठमाडौं, ४ बैशाख । अमेरिकाको क्लिवल्याण्ड शहरमा एक वृद्ध नागरिकको हत्या गरिएको दृष्य फेसबुकमा प्रत्यक्ष(लाइभ) देखाइएपछि अहिले विश्वभर तहल्का मच्चिएको छ । मारिने व्यक्ति ७४ वर्षीय रोबर्ट गुडविन भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकित स्टीभ स्टीफन्सले अर्को एक भीडियोमा अरु १३ जनालाई पनि हत्या गर्ने चेतावनी दिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्टीफन्सको खोजीमा जुटेको छ । हत्याराको खोजिमा ओहायो राज्य र अरु क्षेत्रमा खोजी तीब्र पारिएको छ । हत्यारा देख्ने वित्तिकै सूचना दिन र उक्त व्यक्तिको नजिक नजान सचेत गराउँदै प्रहरीले सन्दिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गरेको छ ।
गत वर्ष जूनमा पनि शिकागोमा यस्तै गरी हत्याको प्रत्यक्ष दृष्य देखाइएको थियो । मार्चमा एक व्यक्तिलाई १६ पटक गोली हानी मारिएको दृष्य प्रत्यक्ष देखाइएको थियो । – एजेन्सी