स्मार्टफोनबाट मधुमेह रोगको उपचार

काठमाडौं,१७ वैशाख । स्मार्टफोनबाट मधुमेह रोगको उपचार सम्भव हुने देखिएको छ । हालै मुसामा गरिएको परीक्षण सफल भएपछि मानवमा पनि मधुमेह रोगको उपचार स्मार्टफोनबाट सम्भव हुने निश्कर्षमा वैज्ञानिकहरु पुगेका हुन् ।
वैज्ञानिकहरुका अनुसार मुसाको कोशिकाको गतिविधि नियन्त्रणमा स्मार्टफोन प्रयोग गरिएको थियो । जीव विज्ञान र प्रविधिको माध्यमबाट मुसाको रगतमा डाइबिटिजको मात्रा नियन्त्रण सम्भव भएको बताइएको छ । ‘साइन्स ट्रान्सलेसन मेडिसिन’ मा प्रकाशित रिपोर्टअनुसार यो प्रविधिबाट मधुमेह रोगको उपचारका लागि ठूलो मद्दत पुग्नेछ । मानिसमा यसको प्रयोग कहिलेसम्म हुन्छ भन्ने खुलाइएको छैन । तर प्रारम्भिक नतिजा सकारात्मक र उत्साहप्रद रहेको भन्दै उनीहरु थप अनुसन्धानमा जुटेको बताइएको छ । – एजेन्सी