बच्चा चोर्न आएको आरोपमा ६ जनाको हत्या

२०७४ जेष्ठ ५ गते, शुक्रबार

काठमाडौं, जेठ ५ । भारतको झारखण्डमा बच्चा चोरको आरोपमा ६ जनाको हत्या भएको छ । गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् । ४ दिन पहिले पनि यस्तै हल्लाका आधारमा दुई जनाको हत्या भएको थियो । झारखण्डको प्रहरीले भने कुनै पनि गाउँबाट बच्चा हराएको उजुरी नपरेको र हल्लाका आधारमा गाउँलेहरुले मानिसको हत्या गरिरहेको जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको र सुरक्षाका लागि ती गाउँमा थप प्रहरी टोली परिचालन गरिएको स्थानीय प्रहरीले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]