जालमा अचम्मका जीव फेला परेपछि..

काठमाडौ, १९ असार । रुसका एक माझीले माछा समात्नका लागि समुद्रमा जाल हाले, तर, जब उनले जाल बाहिर निकाले तब भित्रबाट कयौ प्रकारका विचित्रका माछा निस्किए । जुन देखेर माझी पनि आश्चर्यमा परे । रुसको मुर्मन्स्क निवासी रोमन फेडोरट्सोभ आर्कटिक ओशनमा माछा पार्ने काम गर्छन । अहिलेसम्म उनले समुद्रमा कयौ प्रकारका माछा समातेका छन् । जहिले उनको हातमा विचित्रका माछा पर्छन् तब उनी त्यसको तस्वीर लिन भने भुल्दैनन् । तस्वीर मात्र लिँदैनन् उनी त्यसलाई इन्स्टाग्राममा पोस्ट पनि गर्छन ।
सधैंझै यसपटक पनि उनले माछा समात्न जाल समुद्रमा हाले, जालमा कयौ प्रकारका माछा फसे । जब उनले माछा बाहिर निकाले तब भित्रबाट यस्तो माछा निस्कियो, जसको प्रजातिबारे कुनै जानकारी थिएन । त्यसैले उनले त्यसको तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । – एजेन्सी