विमानमा माहुरीले आक्रमण गरेपछि…

२०७५ माघ ४ गते, शुक्रबार

काठमाडौं, ४ माघ । नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान मंगलबार काठमाडौंबाट दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यात्रु ओराल्ने तयारी गदै थियो । विमानमा एकाएक माहुरीले आक्रमण गर्न थालपछि यात्रु र चालकदलका सदस्य आस्चार्यमा परे । विमानको दायाँ पखेटामा माहुरीहरु एकाएक भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे । ‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो, ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए। अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइएको थियो ।
रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एक ढिक्का भएर बसे। ग्राउन्ड ह्यान्डिलिङ्ग गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राक्ने काम सकेर कार्गो ढोका बन्द गरे। जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सीवेमा पुर्‍याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको बेगले उड्न थाले। माहुरी भागेपछि रिमोट पार्किङमा लैजानु पर्ने झन्झट टर्‍यो। ‘यदि माहुरीको गोला पखेटाबाट नडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो,’ सम्बद्ध स्रोतले बताएकाे छ ।- कान्तिपुर दैनिक

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार