जिउँदै जलाउन खोजेपछि…

२०७५ माघ ८ गते, मंगलवार

काठमाडौं , ८ माघ । भारतको विहारमा एक महिलालाई बच्चा जन्माउन नसकेको भन्दै जिउँदै जलाउन खाजिएको सो महिलाका भाइले बताएका छन् । महिलाले बच्चा जन्माउन नसकेको भन्दै उनका ससुरालीले यस्तो गर्न खोजेको हो । भारतको बिहारमा पर्ने भोजपुर जिल्लाको सारीपुर गाँउमा अवस्थित सोन नदिको किनारमा सो महिलामाथि कुटपिट गरियो त्यसपछि उनलाई जिउँदै जलाउने प्रयास भएको हो । एक स्थानीय पत्यक्षदर्शीले घटनाका बारेमा प्रहरीलाई खबर गरेका थिए । समयमै प्रहरी आइपुग्दा उनी बाँच्न सफल भइन् । सो महिलाका भाइ गणश ठाकुरले आफ्नी बहिनीका घरबाट बच्चाको माग गर्दै कुटपिट गरेको आरोप लगाएका हुन् । यो समाचार बीबीसी हिन्दी

प्रतिक्रियाहरु

[anycomment]