प्रधानमन्त्री जन्मेको कोठामा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

२०७६ बैशाख २१ गते, शनिबार

काठमाडौं, २१ वैशाख । युनाइटेड किंगडमको सबैभन्दा ठुलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेट सीट लगाइने भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार त्यहाँ जाने आगन्तुकहरुले समेत सो ट्वाइलेट प्रयोग गर्न पाउने छन् । यो ट्वाइलेट सीट त्यहाँ लगाइने छ जहाँ युनाइटेड किंगडम (ब्रिटिस) का पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलको जन्म भएको थियो । उनी सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।
यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को वल्र्ड हेरिटेजमा समेत राखिएको छ । ब्लेनहीम प्यालेस पूर्व प्रधानमन्त्री चर्चिलको घरसमेत हो ।
यो ट्वाइलेट उपयोग गर्न पाइने भएपछि ब्लेनहीम आर्ट फाउण्डेशनका संस्थापक स्पेन्सर चर्चिलले भनेकाछन् ‘म चाँदीको चम्चा मुखमा लिएर जन्मेको थिए, तर कहिलै सुनको ट्वाइलेट प्रयोग गरेको छैन ।’ ट्वाइलेट प्रयोग गर्नका लागि लाइन लाग्ने या टिकट किन्नु पर्ने हुनसक्नेछ । यो कुरा टुंगो नलागेको उनले बताएका छन् ।
मार्लबारो परिवारका वर्तमान सदस्यहरुका लागि यो नयाँ सुविधा हुनेछ । यीनका वंशज विगत ३०० वर्षदेखि ब्लेनहीम प्यालेसका सेवा-सुविधको उपभोग गर्दै आएका छन् । यो ट्वाइलेट सीटलाई थुप्रै मानिसहरूले हेरेका छन् । धेरैले यो सीटसँगै फोटो लिएर सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]