एकसाथ दुई गर्लफ्रेन्डसंग बिवाह गरेपछि

२०७६ पुष १ गते, मंगलवार

काठमाडौं , १ पुष । इन्डोनेसियामा हालै मात्र एक युवकले एकै मण्डपमा २ युवतीका साथमा बिवाह गरेका छन। ति दुवै युवती उनका गर्लफ्रेन्ड रहेका र बिवाह देखि आफु निकै नै खुसि रहेको युवकले बताएका छन।स्थानीय मिडियासंग कुरा गर्दै युवकले आफुले प्रेम गरेका दुवै जनाको मन दुखाउन नचाहेको र सधै उनीहरुसंगै जीवन जिउन चाहेकाले आफुले एकसाथ दुई गर्लफ्रेन्डसंग बिवाह गरेको जनाएका छन। पछिल्लो समय उनीहरुको विवाहका तस्बिरहरुले सामाजिक संजालमा ठुलै हलचल मच्चाईरहेको छ। यति मात्र होइन इन्डोनेसियामा दाईजो प्रथाको प्रचलन पनि सदियौंदेखि चलि आएको छ तर यहा दुलहीका माता पिताले होइन दुलाहाका माता पिताले दुलहीको परिवारलाई दाइजो दिने गरेका छन। दुईजना गर्लफ्रेन्डसंग एकसाथ बिवाह गर्ने उक्त युवकले दुबैको परिवारका लागि पाँच पाँच हजार रुपियाँ दाइजो स्वरुप दिएका छन। उनीहरुको विवाहको भिडियो १७ अगस्तमा फेसबुक मार्फत शेयर गरिएको थियो।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार