१० करोड वर्ष पुरानो जीवाश्म फेला पर्यो !

२०७९ मंसिर २७ गते, मंगलवार


काठमाडौँ । अस्ट्रेलियाको एउटा दुर्गम स्थानमा १० करोड वर्ष पुरानो जीवको टाउको र शरीर सग्लो रहेको एउटा दुर्लभ जीवाश्म फेला परेको छ । उक्त अवशेष प्लिसिअसोर भनिने डाइनसोरको समकालीन समुद्री सरीसृपको हो । उक्त जीव अहिले क्वीन्सल्यान्ड रहेको स्थानमा प्राचीन कालमा अवस्थित एउटा विशाल सागरमा विचरण गर्थ्यो । वैज्ञानिकहरूले उक्त जीवाश्म फेला पर्नुलाई दुर्लभ भनेका छन्। उनीहरूले उक्त जीवाश्मको अध्ययनबाट थप रहस्योद्घाटन हुने अपेक्षा राखेका छन्।

प्रतिक्रियाहरु

[anycomment]