विश्वकै महंगो प्वाँख, ४० लाखमा बिक्री !

काठमाडौँ । न्युजिल्याण्डमा चराको एउटा प्वाँख ४० लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ । लोप भइसकेको हुँइया नामक चराको एउटा दुर्लभ तथा संरक्षित प्वाँख ४६ हजार नेदरल्याण्ड डलरमा लिलाम भएसँगै यो प्वाँख विश्वकै महंगो प्वाँख बनेको छ ।
न्युजिल्याण्डको रैथाने रहेको उक्त चरा २० औँ शताब्दीको सुरुवातमै लोप भएको थियो ।
युरोपेलीहरु न्युजिल्याण्डमा आएर बस्न थाल्ने बेला नै दुर्लभ बन्दै गएको उक्त चराको प्वाँखका लागि त्यसको सिकार गर्ने चलन बढेसँगै अन्ततः चरा लोप भएको थियो । उक्त चराको प्वाँख संकलकहरुका माझ निकै मूल्यवान मानिन्छ । त्यसैले लोप भैसकेको हुइया चराको प्वाँख किर्तिमानी मूल्यमा बिक्नु नौलो भएन । लिलामकर्ताले उक्त प्वाँख ३ हजार डलर सम्ममा लिलाम हुनसक्ने अपेक्षा गरेको थिए । तर लिलाम बढाबढमा त्यो प्वाँख २८ हजार ३६५ अमेरिकी डलर बराबरको मूल्यमा बिक्री भयो । न्युजिल्याण्डमा लोप भैसकेपनि हुइया चरालाई निकै विशेष मानिन्छ र मानिसहरुले यसलाई विभिन्न कोणबाट व्याख्या गर्दछन् ।
न्युजिल्याण्डको माओरी आदिवासी समुदायले यो चराको प्वाँखलाई सांस्कृतिक तथा आध्यात्मिक रुपमा निकै महत्वपूर्ण मान्दछन् । आदिवासी समुदायका नाइकेले उक्त चराको प्वाँख शिरमा सिउरिन्छन् । उक्त प्वाँखको वजन जम्मा ९ ग्राम मात्रै छ । त्यसैले यो सुनभन्दा कैयौँ गुणा महंगो चिज बनेको छ ।- एजेन्सी