पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी साविकको मूल्यमा पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टितेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १५८ र डिजेल/मट्टितेल लिटरको १४५ रुपैयाँ उपभोक्ताले तिर्नु पर्नेछ । खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आए पनि निगमले यहाँ यथावत राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु