साउदी अरबबाट नेपाल आएका पुरुषमा एमपक्सका लक्षण

२०८२ असार ८ गते, आईतवार


काठमाडौँ । स्वास्थ्य मन्त्रालयले साउदी अरबबाट नेपाल आएका ३७ वर्षीय एक पुरुषमा एमपक्सका लक्षण देखिएको जनाएको छ । मन्त्रालयले
मध्य तथा पश्चिम अफ्रिकामा देखिने यो रोग विश्वका अन्य देशमा पुष्टि हुने क्रम बढ्दो रहेकाले सचेत रहन आग्रह गरेको छ ।
हाल उनको शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । एमपक्स मङ्कीपक्स नामक भाइरसका कारणले लाग्ने गर्छ । यो रोग सबैभन्दा पहिला बाँदरमा देखिएकाले यसलाई मङ्कीपक्स नाम दिइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईई नतिजा असार तेस्रो साता

२०८२ असार ३ गते, मंगलवार

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार