एसईईको नतिजा १० दिनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्तीमा १० दिनभित्र यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी थालेको जनाएको छ । परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले हाल उत्तरपुस्तिका परीक्षणको काम सम्पन भएको र प्राप्ताङ्क इन्ट्रीको काम भइरहेको र त्यसपछि रूजुको काम हुने जानकारी दिए।
परीक्षा नियन्त्रक भट्टराईले २९ दिनको शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलो भए पनि असार तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताए । गत वर्ष असार १४ गते एसईईको नतिजा प्रकाशन भएको थियो ।