शुसिला कार्कीलाई प्रधानमन्त्रीवाट राजिनामा दिएर सर्वपक्षीय अन्तरिम सरकार गठनको लागि मार्ग प्रसस्त गर्न आग्रह

२०८२ कार्तिक २२ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले शुसिला कार्कीलाई प्रधानमन्त्री वाट राजिनामा दिएर सर्वपक्षीय अन्तरिम सरकार गठनको लागि मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।
सो पार्टीद्वारा बिहिबार सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै आयोजना गरेको जनप्रदर्शन पछि आयोजित जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो आग्रह गरेका गरेका हुन् ।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जेनजीका मागहरु पुरा गर्न सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्ने भन्दै प्रधानमन्त्रीबाट सुशिलालाई राजीनामा दिन आग्रह गर्दै चुनावको कार्यक्रम र प्रणाली नयाँ बनाएर मात्र चुनावमा जान सकिने र नत्र सम्भव नभएको ठोकुवा गरे । उनले भने- ‘आन्दोलन जेनजीले गर्यो आन्दोलन पछिको नेतृत्वमा जेनजी छैन, सडकमा आन्दोलन जेनजीले गरे, तर इण्डीयन र अमेरिकी दुतावासमा सरकार बनाउने वहस भयो । साम्राज्यवादीहरुको अड्डाहरुले अन्तरिम सरकारको टुङगो लगायो । यो नेपाली जनता र जेनजीहरुको सरकार होईन ।’


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जनेजीलाई किन प्रधानमन्त्री नवनाएको ? साम्राज्यवादीहरुले किन हस्तक्षेप गरेको हो भनि प्रश्न गर्दै राष्ट्रिय स्वाधीनताको मुद्धा अहिले मुख्य भएको उल्लेख गर्दै स्वाधीनताका लागि सबै एक हुनुपर्ने बताए । उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको नेतृत्वमा स्वाधीनता र आगामी समाजवादको यात्रामा नेकपा लाग्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]