एमसीसीविरुद्ध देशभर मशाल जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध बुधबार साँझ काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेका छन । काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकी र भक्तपुरका बिभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरिएको छ । त्यसैगरी चितवन, मकवानपुर ,पोखरा, नवलपुर, रुपेन्देही, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर लगायत देशका अधिकांश जिल्लाहरुमा समेत मशाल जुलुस प्रदर्शन गरिएकोसमाचार प्राप्त भएको छ ।
स्मरण रहोस् एमसीसीको खारेजीको लागि संघर्षरत नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले बिहिबार १२ बजे माइतीघरबाट नारा जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।