एमसीसीबिरुद्द देशव्यापीरुपमा बिरोध प्रदर्शन ,सभा र जिल्ला प्रशासन कार्यालय घेराउ

२०७८ फाल्गुन १३ गते, शुक्रबार

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले MCC कम्प्याक्ट विरुद्ब आम राष्ट्रवादी नेपाली जनता देशव्यापी रुपमा आन्दोलित हुदाँ हुदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसदमा जबरजस्त टेवल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादी र अमेरिकि साम्राज्यवादको नाङ्गो दलाली भएको निष्कर्ष निकाल्दै उक्त कदमको घोर निन्दा एवं भर्त्सना गर्दै संघर्षका थप कार्यक्रम घोषणा गरे अनुरुप देशव्यापीरुपमा बिरोध प्रदर्शन , बिरोध सभा  ,  जिल्ला प्रशासन कार्यालय घेराउ र संघीय साम्सदरुलाई एमसीसीबिरुद्ध उत्रन आग्रह गर्दै पत्र थमाउने  क्रम जारी रहेको छ। 

सिन्धुपाल्चोक

यसैक्रममा  नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्दै सिन्धुपाल्चोककाे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । एमसीसीको विरुद्ध सिन्धुपाल्चोकाे चौतारामा रहेको जिल्ला प्रशासन कार्यालय घेराउ गर्न प्रदर्शनसहित जुलुस गएको थियो । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनतान्त्रिक माेर्चा नेपालकाे आयोजनामा बिहीबार चौतारामा भएको एमसीसी विरुद्ध विरोध जुलुससहित कार्यालय घेराउसहित काेणसभा गरिएको थियो ।   काेणसभा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य शिव श्रेष्ठ, नेकपा विशेष कमिटी सदस्य किरण घिमिरे, देशभक्त जनतान्त्रिक मोर्चा नेपालको जिल्ला सचिव धन तामाङ र नेकपा (माले) को जिल्ला नेता कृष्णबहादुर ठकुरीले एमसीसी फिर्ता हुनुपर्नेमा जोड दिदै आफ्नो धारण राखेका थिए ।

 रामेछाप

यसैगरी, नेकपा रामेछापले राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌मा टेबुल गरिएको विरोधमा बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेको छ । जिल्ला प्रशासन कार्यालयअगाडि आयोजित घेराउ र प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठले केही दलालहरूले एमसीसी राष्ट्रहितमा छ भनेर जनतालाई दिग्भ्रमित पारिरहे पनि यसको राष्ट्रघाती चरित्र र असरका विरुद्ध सिङ्गो देशभक्त र क्रान्तिकारी जनमतको आवाज सडकमा अभिव्यक्त भइरहेको बताए । नेपाली काङ्ग्रेस, नेकपा एमाले (विशेष गरेर केपी वली समूह) र बाबुराम भट्टराईहरूले खुलेरै अमेरिकी साम्राज्यवाको दलाली गरिरहेको, माके, एकीकृत समाजवादी, मधेसी दलभित्रको उपेन्द्र यादव समूह केही परिमार्जनसहित एमसीसी पारित गर्ने बहानामा एमसीसीकै पक्षमा रहेको र नेकपाको नेतृत्वमा ६ दल र २ मोर्चाले सञ्चालन गरेको एमसीसीविरोधी आन्दोलनले निर्णायक मोड लिइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिवसमेत रहेका रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म आउँदा देशले धेरै लेन्डुप दोर्जेहरूका विरुद्ध धेरै भक्ति–भीमसेन र अमरसिंह थापाहरू जन्माइसकेको भन्दै राष्ट्रघाती एमसीसीविरुद्ध देशव्यापी उठेको आन्दोलनले जनविद्रोहको स्वरू लिँदै गएको बताए । दलाल पुँजीवादको अन्त्य र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको स्थापनाले मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता हुने भन्दै उनले राष्ट्रियताको रक्षाका लागि घरघरबाट विद्रोहमा सामेल हुन आह्वान गरे ।

एमसीसीविरुद्ध र जनक्रान्तिका पक्षमा नारा लगाउँदै नेकपा रामेछापको कार्यालयबाट सुरु भएको र्याली प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष अगाडि पुगी घेराउ र कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेृकपा रामेछापका नेता–कार्यकर्ता, जिल्लाका विपिभन्न जवस र मोर्चाका नेता–कार्यकर्ता, नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता र जनसमुदायको सहभागिता थियो ।

दाङ

यसैगरी,  राष्ट्रघाती एमसिसी सम्झौताविरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा जिल्ला प्रशासन घेराउ गरिएको हो । घोराहीको ट्राफिक चोकबाट बिरोध र्याली सुरु भएर बजारका विभिन्न चोकहरू परिक्रमा गर्दै बिरोध प्रदर्शन प्रशासन कार्यालय पुगेर बिरोध सभामा परिणत भएको थियो । बिरोध सभालाई सम्बोधन गर्दै नेकपा बिशेष कमिटी सदस्य सम्झनाले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रनुपर्ने आवश्यकता रहेको उद्घोष गरिन् । उनले एमसीसी नेपाली जनताका लागि विकास होइन, विनाश गर्ने रणनीतिसहित आएकाले खारेजीको विकल्प नरहेको समेत बताइन् । नेतृ सम्झनाले अमेरिकी साम्राज्यवादका नेपाली दलालहरूले जबर्जस्त नेपाली जनताको थाप्लोमा एमसीसी लाद्छु भन्ने सोच्नु दिवा सपना मात्रै हुने जिकिरसमेत गरिन् । उनले भने, “शासकहरूले हिजोको इतिहास पल्टाएर हेर्दा हुन्छ जताततै बिरता र बहादुरिपूर्ण इतिहास बोकेको देशमा एमसीसी लाद्छु भन्ने नसोचे हुन्छ, खरानी हुन्छौँ तर, पास हुन दिन्नौँ ।” संंसद भवन बाहिर तारबार गरेर दलालहरू सुरक्षीत नहुने नेतृ सम्झनाको चेतावनी थियो । एमसीसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएकाले तत्काल खारेज हुनुपर्ने नेतृ सम्झनाले बताइन् । उनले एसियामा आफ्नो सुरक्षा प्रभाव बिस्तार गर्ने, छिमेकी मुलुक चीनमाथि नेपाली भूमि प्रयोग गरि आक्रमण गर्ने, नेपालमा रहेका बहुमूल्य खनिज पदार्थको दोहन गर्ने रणनीतिसहित अमेरिकाले हरियो डलर देखाएर नेपाली मातृभूमिमाथि गिद्देदृष्टि लगाएको समेत बताइन् ।

बिरोध सभालाई राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य कमला जिसि, नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजित चौधरी, नेकपा माले लुम्बिनी प्रदेश कमिटी सदस्य कपिल पोख्रेलले सम्बोधन गरेका थिए । उक्त बिरोध सभाको सहजीकरण अखिल छैठौँका केन्द्रीय समिति सदस्य लक्ष्मण बिकले गरेका थिए ।

गुल्मी

यसैगरी, राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध गुल्मीमा संयुक्त विरोध सभा सम्पन्न भएको छ । तम्घासको लाकुरीबासमा भएको सभामा नेकपा गुल्मीका कार्यवाहक सेक्रेटरी वसन्तले एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै तत्काल खारेज गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अशोक थापा, नेकपा एकीकृत समाजवादीका गणेश विक, राजमोका हरी न्यौपाने, नेकपा क्रान्तिकारी माओवादीका केशव अधिकारीले एमसीसी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताए। कोणसभामा यो सम्झौताविरुद्ध हस्ताक्षर समेत गरिएको थियो ।

मकवानपुर :

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेतृत्वमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संयुक्त सङ्घर्ष समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराऊ गरिएको छ । हेटौँडाको बुद्ध चोकदेखि सुरु भएको विरोध प्रदर्शन सहितको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर कार्यालय घेराऊ गरिएको हो । र्याली सहितको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा विभिन्न पार्टी तथा मोर्चाका नेता कार्यकर्ताका साथै स्वाभिमानी मकवानपुरे जनता र अध्ययनरत शिक्षित विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । बिहीबार दिउँसो भएको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी वाटरले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सडकमा कराइरहेका स्वाभिमानी, देशभक्त र राष्ट्रप्रेमी बहु सङ्ख्याक जनताको अपमान गर्दै एमसीसी सम्झौता संसदमा टेबल गरी गल्ती त गर्यो–गर्यो अब फेरि अटेर गर्दै एमसीसी पारित गर्ने दुष्प्रयास नगर्न खबरदारी गरेका छन् । उनले भने, ‘यदि सरकारले नेपाली जनता र देशको हित विपरीत देशद्रोही कदम चालिन्छ भने उक्त कदमको विरुद्ध ढुङ्गा, माटो, ईट्टा, झण्डा बोक्ने लठ्ठीलाई समेत हतियार बनाएर नेपाली जनता सडकदेखि सदनसम्म आइपुग्ने छन् । त्यसपश्चात देशद्रोही, दलालहरू देश छोडी भाग्नुको विकल्प नरहेकोले त्यो दिन आउन नदिन आजै सजग र सचेत भई देश र जनताको हितमा कदम चाल्न आग्रह पनि गरेका छन् ।’ साथै कार्यक्रममा विभिन्न पार्टी र मोर्चाका नेतृत्वले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आफ्ना विचार स्पष्ट रुपमा राखेका थिए ।

कालिकोट

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी कालिकोटले एमसीसी विरुद्ध सदरमुकाम मान्ममा बृहत् जनप्रदर्शनसहित विरोध प्रदर्शन गरेको छ । जिरोप्वाईन्टबाट आकर्षक नारासहित प्रतिमा चोकमा सभामा परिणत भएको थियो । उक्त सभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । त्यसैगरी रमेश, किरण, अर्जुनले समेत मन्तब्य राखेका थिए ।

मन्तव्य राख्दै प्रमुख अतिथि रणदिपले बरु बलिदान गर्ने एमसीसी खारेज गरेरै छाड्ने ठाेकुवा गरे । कुनै पनि हालतमा राष्ट्रघातीहरु सफल नहुने क्रान्तिकारी देशभक्त प्रगतीशिलहरुको जीत भएरै छाड्ने बताए । साथै विश्वबाट असफल भएको अमेरीका नेपालमा सफल नहुने ठोकुवा समेत गरे । सबै दलभित्रको इमानदारहरु एक हुनुपर्ने धारणा समेत रणदिपले राखेका थिए ।उक्त कार्यक्रमको सञ्चालन निर्देशनले गरेका थिए ।

बाँके :

यसैगरी, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ। संसदबाट पास गर्न लागिएको एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनीतिक पार्टी र २ मोर्चाद्वारा बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रर्दशनसहित घेराउ गरेका हुन् ।

उक्त बिरोध पर्दशनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सडकबाट सुरु गरेको आन्दोलन सिंहदरबार, संसद भवन, अमेरिकासम्म पुगेको बताए। उनले एमसीसी खारेज नभए नेपालमा तेस्रो जनआन्दोलन सुरु हुने र उक्त आन्दोलनमा नेपालका प्रधानमन्त्रीसहित संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्दै नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारी नि:शुल्क उपलब्ध हुने बताए। नेता चलाउनेले वैज्ञानिक समाजवादमा किसानहरूको लागि जमिनहरू नि:शुल्क दिने र ठुला उद्योगहरूमा किसान मजदुरहरूको पनि लगानी हुने बताएका थिए  ।

बर्दिया 

यसैगरी, काठमाडौं । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाहरूको संयुक्त आयोजनामा बर्दियामा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

बर्दियाको गुलरिया बजारमा सम्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी सम्बाेधन गर्दै राष्ट्रघाती एमसीसीकाे विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने,। यो सझौता कुनै पनि हालतमा पास गर्न दिनु हुँदैन,। एमसीसी देशकाे स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जाेडिएकाले खारेज गर्नुपर्ने बताए ।

विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैँ । GO BACK MCC, एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, MCC पास गर्ने दलालहरू होसियार,। बिप्लव आउ देश बचाउ जस्ता अन्य नारा सहित गुलरिया ,बजारमा नारासहित उक्त कार्यक्रम मा नेकपा सहित संयुक्त मोर्चाको आयोजनामा नारा,जुलुस प्रदर्शन सहित बर्दिया बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध सभा सम्पन्न भएको छ ।

रूपन्देही

यसैगरी, नेकपासहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै भैरहवामा जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ गरेका छन । संयुक्त मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरिएको नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले बताए । घेराउ कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै यसलाई संसदबाट पास नगर्न चेतावनी दिए । उनले अमेरिकी साम्राज्यवादका दलालहरुले एमसीसी पास गरे कार्यान्वयन हुन नदिने बताउदै यसका विरुद्ध देशभक्तहरु एक हुनुपर्ने बताए ।कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एबं लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले नेपालको सार्वभौमसत्ता र अर्थराजनीतिलाई नकारात्मक प्रभाव पार्ने गरि एमसीसी सम्झौता आएको भन्दै यसले नेपाली जनताको स्वतन्त्रता र स्वाधीनता विरूद्व भएको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने र चीनलाई घेर्नका लागि एमसीसी आएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका हिरालाल धामीले एमसीसी विद्युत र सडक बिस्तारको नाममा चीन विरूद्व सैन्य बिस्तार गर्ने रणनीति भएको भन्दै यसको खारेजी अनिवार्य भएको बताए । नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले एमसीसी देशमाथिको हस्तक्षेप भएको भन्दै सबै देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए ।

उक्त कोणसभाको संचालन देजमोका जिल्ला सदस्य राजु भुजेलले गरेका थिए भने कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एबं रूपन्देही जिल्ला इन्चार्ज कृति, नेकपा मसालका चेतनाथ आचार्य, रास्ट्रीय जनमोर्चाका नेता बद्रे आलमलगायत नेता एबं संयुक्त संघर्षमा सम्बद्ध नेता कार्यकर्ता र जनताको उपस्थिती रहेको थियो ।

कपिलवस्तु 

यसैगरी, अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहिवार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै कार्यालय घेराउ गरिएको हो ।

उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा,भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एम सी सी सम्झौता खारेज हुनुपर्नेमा नेता भुसालले जोड दिए ।

उनले भने,“ संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एम सी सी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय हरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एम सी सी सम्झौता खारेज नहुँदा सम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने उनले बताए । त्यसैगरी संयुक्त मोर्चाको तर्फबाट सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत अन्य सबैले पनि उक्त सम्झौता जसरी पनि खारेज हुनुपर्ने माग गर्दै आन्दोलन निरन्तर जाने उनीहरूको निचोड थियो ।

सो विरोध प्रदर्शन को कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादी नेता धनेश्वर पोख्रलले यो देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन , पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता शाहले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । उनले भने अमेरिकाले विकाशको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्य सहित नेपाल भित्रिने योजना बनाएको छ यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरुले उक्त सम्झौता खारेज गर्नुपर्ने छ र यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको नेता पोख्रेलले बताए ।

सयुक्त रुपमा गरिएकाे उक्त बिरोध प्रदर्शन राष्ट्रघाती MCC सम्झौता खारेज गर, MCC चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दाबाद, संयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा जूलूस सहित तौलिहवाको बुद्ध चोक हुँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गेटमा गई कोणसभामा परिणत भएको थियो ।

बिरोध प्रदर्शनमा राष्ट्रिय जन मोर्चा नेता शिव पौडेल , मानव अधिकार कार्मी राम दयाल ठाकुर लगायतका नेताहरु सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसी गरेका थिए ।

 नवलपरासी

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीसहित सयुक्त मोर्चाले बिहिबार जिल्ला प्रशासन कार्यलय नवलपरासी घेराउ गरेका छन। संयुक्तमोर्चाले एमसिसिको खारेजी माग गर्दै र्‍याली सहित प्रशासन कार्यलय घेराउ गरेका हुन।र्‍यालीमा एमसिसी खारेज गर,पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गर,अमेरिकी साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए। एमसीसी मुर्दावाद देश बेच्न पाइदैन एमसीसी चाहिदैन जस्ता नारासहित रामग्राम-४ हाटबजारबाट निकालिएको र्‍याली प्रशासन कार्यलयमा पुगेर कोणसभामा परिणत भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले कुनै पनि हालतमा एमसिसिको खारेजीको माग गरेका थिए,जबर्जस्ती पास गर्ने खोजे प्रतिरोध गर्ने आवश्यक परे हतियार सम्म उठाउन सक्ने चेतावनी दिएका थिए।

नेकपा सहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार आज प्रशासन कार्यलय घेराउ कार्यक्रम गरेको थियो ।सभालाई  विप्लव नेतृत्व नेकपाका जिल्ला सदस्य रामप्रीत,देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारी राष्ट्रिय जनमोर्चाका रेम बहादुर राना ,नेकपा मसालका धनपत सापकोटा,क्रान्तिकारी माओवादीका क्षेत्र बहादुर थापा, क्रान्तिकारी माओवादी केन्द्रका पृथ्वी लगायतले सम्बोधन गरेका थिए भने उक्त  कार्यक्रमको संचालन नेकपा नेतृ कृतिले गरेका थिए  ।

रोल्पा :

यसैगरी, राष्ट्रघाती एमसीसीबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चा नेपालद्वारा रोल्पामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार भएको प्रदर्शन कार्यक्रममा एमसीसीबिरुद्ध नाराजुलुससहित घेराउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय घेराउ लगत्तै लिबाङको टुडिखेलमा कोणसभा भएको थियो । उक्त कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केशबहादुर बाँठा ‘सुबास’ ले एमसीसी देशका लागि घातक भएको बताए । राष्ट्रिय स्वाधीनताका लागि देशभक्तहरू एकजुट भएर राष्ट्रिय मुक्तिको लडाइँ लड्ने बेला आएको उद्घोष गर्दै उनले भने, अब राष्ट्र र राष्ट्रियताको लागि एक भएर राष्ट्रिय स्वाधीनताको लडाइँमा आउनुहोस्, बिदेशी हस्तक्षेपबाट देश जोगाउ’।

त्यसैगरी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपाल लुम्बिनी प्रदेश समिति सल्लाहकार हस्तमणि पुन मगरले हिन्द महासागर र प्रशान्त महासागरद्वारा घेरिएका देशहरूलाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत हस्तक्षेप गर्ने र चाइनाको शक्तिसँग लड्ने एमसीसीको सैन्य रणनीति भएको दाबी गरे । एमसीसी देश बिकाशका लागि नभएर राष्ट्रघातका लागि आउन लागेको मगरले बताए ।

कार्यक्रमलाई नेकपा रोल्पा बिशेष कमिटी सदस्य प्रयासको अध्यक्षतामा सम्पन्न भएको कोणसभालाई रोल्पा नगरपालिका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य खिमराज घर्तीले स्वागत मन्तब्य दिएका थिए । सुनछहरी गाउँपालिका इन्चार्ज तथा नेकपा रोल्पा जिल्ला कमिटी सदस्य हेमन्तले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

रुकुम पश्चिम

यसैगरी,  नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम घेराउ गरेको छ ।

उक्त कार्यक्रमा सम्बोधन गर्दै कन्चनले नेपालका लागि  एमसीसी घातक रहेको  बताउदै दलाल संसदीय व्यवस्थाले देश झन् संकटमा बढ्दै गएको हुँदा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य भएको बताएका थिए ।

कार्यक्रमको सन्चालन गर्दै जिल्ला सचिवालय सदस्य मोतिराम खड्काले  नेपालको  प्राकृतिक स्रोत साधनहरू  जल, ऊर्जा नेपालका महत्वपूर्ण खनिज पदार्थ लगायतका स्रोत साधनहरुमाथि गर्ने  हस्तक्षेप गर्ने उदेश्यले एमसीसी आएकाले खारेज गर्नु पर्ने बताए ।

केन्द्रीय कार्यक्रम अनुसार  नेपाल कम्युनिस्ट पार्टीले जिल्ला प्रशासन घेराउ गरेको हो । अमेरिकी हस्तक्षेप मुर्दावाद, गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी खारेज गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लगाएका नाराहरु लगाउदै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  तथा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व) जिल्ला सेक्रेटरी चन्द्र बुढा लगायतको उपस्थिति रहेको थियो ।

  दैलेख 

यसैगरी, ६ कम्युनिस्ट पार्टी र २ माेर्चासहित आठ दलीय माेर्चाले घाेषणा गरेकाे राष्ट्रघाती एमसीसी विरुद्ध संघर्षकाे कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम दैलेख बजारकाे गणेशचाेकबाट शुरु भएर एमसीसी चाहिदैन देश बेच्न पाईदैन!, राष्ट्रघाती एमसीसी खारेज गर!, ८ दलीय माेर्चा जिन्दावाद!, दलालहरु हाेशियार!, सम्पूर्ण देशभक्तहरु एक हाैँ! लगायतका नारा जुलुशसहित प्रशासन कार्यलयमा पुगेकाे थियाे ।

कार्यक्रममा नेकपा दैलेख, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमाेर्चा र वैज्ञानिक कम्युनिस्ट पार्टी नेपाल सहित  ४ वटा पार्टीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्र, नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश समिति सदस्य भरत रेग्मी, राष्ट्रिय जनमाेर्चा दैलेखका कार्यवाहक अध्यक्ष लाेकपाल थापा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संयाेजक श्याम कुँवरकाे उपस्थिति रहेकाे थियाे ।

कञ्चनपुर

यसैगरी, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराऊ गरेका छन । संयुक्त दलहरुका प्रदर्शनकारी द्वारा कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मंचबाट र्याली सुरु गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।

विरोध प्रदर्शनको कोणसभामा नेकपा (विप्लव) निकटका जिल्ला सचिव जीवन परियारले सम्बोधन गर्दै देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन , पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता परियारले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । प्रदर्शनमा सहभागी नेकपा (क्रान्तिकारी) माओवादीका जिल्ला सचिव कैलाश,

ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष गजेन्द्र पाण्डे र जनमोर्चाका जिल्ला अध्यक्ष राम कार्की लगायत वक्ताहरुले पनि राष्ट्रिय स्वाधिनता जोगाउन आफूहरु निरन्तर आन्दोलनमा उत्रने बताएका छन । सबै वक्ताहरुले MCC सम्झौता खारेज हुनुपर्ने मा जोड दिँदै राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी आम जनसमुदायलाई आन्दोलनमा समाहित हुन अपिल समेत गरेका छन ।

नेकपासहितका दल र मोर्चा द्वारा mcc खारेजको माग गर्दै देशैभरि विरोध प्रदर्शनका गर्दै आएको छ र आज पनि देअभरका प्रशासन कार्यालय घेराऊ गरेको छ । अमेरिकी सहयोग नेपाल सरकारले एम सी सी सम्झौता पारित गर्नका लागि अहिले संसदमा पेस गरेको छ । उक्त एजेण्डा अहिले संसदमा विचाराधीन छ । आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]