एमसीसीविरुद्ध प्रदर्शन : प्रहरी दमनवाट दर्जनौ घाईते

२०७८ फाल्गुन १५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध काठमाडौँको नयाँबानेश्वरमा गरेको प्रदर्शनमाथि प्रहरीले क्रूर दमन गरेको छ। प्रहरी दमनवाट नेकपानिकट युवा सङ्गठन नेपालकी महासचिव सावित्री अधिकारी ‘विदुषी’, युवा सङ्गठनका केन्द्रीय सदस्य अविनाश गिरी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी महासचिव राजकुमारी शाही घाइते भएकी छिन् । प्रदर्शनस्थलबाट भर्खरै प्राप्त समाचारअनुसार प्रहरी दमनबाट अखिल क्रान्तिकारीकी नेत्री प्रजिता दर्नाल , नेकपा धनुषाका सदस्य रमेश विश्वकर्मा, अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सङ्गठनका सदस्य निशान बस्नेतलगायत कयौँ आन्दोलनकारी घाइते भएका छन । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र लाठी प्रहार गरिरहेको छ भने देशभक्त तथा क्रान्तिकारी शक्ति र जनसमुदाय राष्ट्रघाती एमसीसी मुर्दावाद, राष्ट्रघाती दलालहरू मुर्दावादलगायत नारा लगाउँदै प्रहरीदमनको प्रतिरोध गरिरहेका छन् । घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जनाइएको छ ।


राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा १२ बजेदेखि नै लगातार प्रदर्शन र झडप जारी छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस, लाठी प्रहार गरी अत्यन्त क्रूरतापूर्वक दमन गरेको छ । पाँचदलीय गठबन्धन सरकारले एमसीसी पारित गराउने उद्देश्यले फागुन ८ गते सदनमा टेबुल गरेपछि नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चालगायत तमाम देशभक्त , क्रान्तिकारी र आम स्वाभिमानी जनताले देशव्यापी आन्दोलन चर्काएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]