भोलि नेपाल बन्द

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले भोलि .फागुन १६गते सशक्त नेपालबन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै नेपालबन्दको आह्वान गरेका हुन् ।
उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त,प्रगतिशिल राजनैतिकशक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात MCC कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको नेपाल बन्दको घोषणा गरिएको बताइएको छ । यसैगरी, छ राजनीतिक पार्टी र दुई मोर्चाले भोलि .फागुन १६गते को नेपाल बन्द तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशिल, सच्चालोकतन्त्रवादीहरु लगायत आमजनसमुदायमा विनम्र अनुरोधसमेत गरेका छन ।


यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष सुशील, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ– ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाकोआकस्मीकबैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीयकार्यालय बुद्धनगर, काठमाण्डौमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त,प्रगतिशिल राजनैतिकशक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात MCC कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसको विरुद्ध राष्ट्रिय रुपमाप्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौं । यसलाई पुरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशिल, सच्चालोकतन्त्रवादीहरु लगायत आमजनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज MCC विरुद्धको आन्दोलनमा घाईते सम्पुर्ण देशभक्त योद्धाहरुको स्वास्थ्यलाभको ।
संघर्षकाकार्यक्रमहरूः
१.फागुन १५ गते बेलुका देशव्यापीमशालजुलुस ।
२.फागुन १६गते सशक्त नेपालबन्द । “

प्रतिक्रियाहरु

[anycomment]