पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल खारेज नगरे कडा संघर्ष !

२०७९ जेष्ठ ९ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा बढाएको मुल्यबृद्धि तत्काल खारेज गर्न जाेडदार माग गरेको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले आज पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध वक्तव्य जारी गर्दै मुल्यबृद्धि खारेज गर्न माग गरेका हुन् । उनले आफ्नाे संगठनको आग्रहलाई बेवास्ता गरिए देशव्यापी कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रौ गौरवशाली सगठन निरन्तर राष्ट्र, जनता र युवा विद्यार्थीहरूको पक्षमा आन्दोलनरत छ । देशमा विधमान दलाल पुँजीवादी संसदीय व्यवस्था र राष्ट्रघाती एव जनघाती शासकहरुका कारण राष्ट्रघात तथा जनधात बढीरहेको छ भने नेपाली जनताको जर्नजवीका दिन प्रतिदिन कष्टकर र संकटग्रस्त बनिरहेको छ। जनताको जर्नाजवीका संग प्रत्यक्ष जोडिएको पेट्रोलीयम पदार्थको मुत्यवृदध पटक पटक गरिदाँ नेपाली जनताको जीवन थप कष्टकर र सकटग्रस्त बनिरहेको छ।
सरकारले पटक पटक बिभिन्न बहानामा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य अत्यधिक बढाईरहेको छ । चर्को कर थोपरेर जनतालाई लुटिरहेको सरकार विश्व बजारमा कच्चा तेलको मुल्यमा उचारचडाव आएको अवस्थामा राज्यले थोपरेको चर्को कर घटाएर राहत दिनुको साटो: बेलगाम मुत्यबृढि गरिरहेको छ । अहिले पेट्रोल, डिजेल र मट्टितेलको मुत्य प्रतिलिटर रु १८०, रु १६३ र रु १६३ पुर्याइएको छ भने र खाना पकाउने ग्यासको मुल्य प्रति सिलिण्डर रु १८०० पुर्याइएको छ । यो चर्को मुल्यबदधि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं । पेट्रोलीयम पदार्थको कालोबजारी र चुवाबट नियन्त्रण गर्न, भ्रष्ट कर्मचारीहरू माथी कारवाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादन र प्रयोगमा जोड दिन विशेष माग गर्दछौ । अन्यथा हामी कडा संघर्षमा जान वाध्य हुने र त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेबार स्वय देउवा /प्रचण्ड/माकुने गठवन्धन सरकार हुने विषय पनि स्पष्ट पार्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार