पेट्रोलियम पदार्थको मुल्यबृद्धिबिरुद्ध १३ बिद्यार्थी संगठनद्वारा संघर्षको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित १३ बिद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यबृद्धिबिरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने उद्घोष गरेका छन । १३ बिद्यार्थी संगठनद्वारा घिषित संघर्षका कार्यक्रम अन्तरगत जेठ १० गते अर्थ मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीज्यलाई ज्ञापन पत्र बुझाउने , जेठ ११ गते ११ बजे नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा घेराउ कार्यक्रम गर्ने र देशभरका क्याम्पसहरुमा कालो व्यानर राख्ने र जेठ १२ गते साँझ ६ बजे काठमाडौंमा टर्चलाइट जुलुस प्रदर्शन गर्ने रहेको जनाइएको छ ।
