नेकपा कौलालीद्वारा कन्चन गुटको आरोप खारेज

२०७९ जेष्ठ १२ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कैलालीले कन्चन गुटले जिल्ला सचिव गणेश ढकालप्रति राजनीतिक र सांगठनिक रुपले अलग भैसकेपछि पनि न्युनतम राजनीतिक मुल्य-मान्यता समेत नराखी लगाइएको भुठ्ठा आरोपलाई खारेज गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज निर्माणले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। नेता निर्माणद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ उहाँमाथि लगाइएको न्याय बिभाग प्रमुख हुँदाको सहयोग लेनदेनको आरीपको खण्डन स्वयं पक्ष जिल्ला पार्टी सचिवालय सदस्य तथा धनगढी नगर सचिव सिताराम चौधरीले गरि सक्नु भएको छ भने सहिद सनराइजको नाममा आएको एक लाख रकम मध्ये पचास हजार तत्कालीन कैलाली जिल्ला इन्चार्ज बिवेक कुमाल र पचास हजार तत्कालीन कमाण्ड इन्चार्ज धर्मेन्द्र बास्तोलालाईं उहाँले बुझाएको कुरा जगजाहेर नै छ। ‘
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज निर्माणले बिहिबार जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ –
“नेकपा ( बहुमत ) जिल्ला कार्यालय कैलालीको नामबाट हाम्रो पार्टी र पार्टीका कैलाली जिल्ला सचिव कमरेड गणेश ढकालप्रति लक्षित गरि यहीँ २०७९ जेठ ९ गते जारी गरिएको विज्ञप्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राजनीतिक र सांगठनिक रुपले अलग भैसकेपछि पनि न्युनतम राजनीतिक मुल्य-मान्यता समेत नराखी जिल्ला नेतृत्वप्रति लगाइएको भुठ्ठा आरोपलाई हाम्रो पार्टी सम्पुर्ण रुपले खारेज गर्दछ । उहाँमाथि लगाइएको न्याय बिभाग प्रमुख हुँदाको सहयोग लेनदेनको आरीपको खण्डन स्वयं पक्ष जिल्ला पार्टी सचिवालय सदस्य तथा धनगढी नगर सचिव सिताराम चौधरीले गरि सक्नु भएको छ भने सहिद सनराइजको नाममा आएको एक लाख रकम मध्ये पचास हजार तत्कालीन कैलाली जिल्ला इन्चार्ज बिवेक कुमाल र पचास हजार तत्कालीन कमाण्ड इन्चार्ज धर्मेन्द्र बास्तोलालाईं उहाँले बुझाएको कुरा जगजाहेर नै छ। ब्युरो बिघटन पश्चात्‌ उहाँ पार्टीको विशेष कमिटीमा रहि न्याय बिभागको भुमिकामा नै रहिआएको र पार्टी प्रतिबन्धितकालमा कोभिड संक्रमित भएको बेला समैत उहाँले पार्टीको आस्था र बिस्वासमा रहेर मुद्दा खेप्नुपरेको कुरा पनि जगजाहेर नै छ। हालसम्म पार्टीमा उहाँको आर्थिक मामिला संबन्धीत कुनै बिषय उठेको छैन । पछिल्लोपटक पार्टीको उत्पादनमा भाग लिने निति अर्न्तगत उहाँले गरेको ड्रागन खेती पनि उहाँको व्यक्तिगत लोन र लगानीमा गरेको कुरा सिङ्गो पार्टी पंक्तिलाई जानकारी नै छ । जनयुद्धको प्रारम्भिक कालदेखि हालसम्मको उहाँको राजनीतिक जिवनमा जुन आरीप लगाइएको छ ती पनि सबै राजनीतिक पुर्वाग्रह कै आधारमा लगाइएको कुरा प्रष्ट नै छ। कमरेड गणेश ढकालले यहीँ जेठ ८ गते जिल्लामा देखापरेका अनाधिकारिक आर्थिक अराजकतालाई लिएर पार्टी पंक्ति र सहयोग दातालाई स्पष्ट गर्न निकालिएको विज्ञप्तिमा पुर्व जिल्ला सचिव दिपेन्द्र चलाउनेलाई मुछिएको भन्ने आरोप पनि निराधार र गलत हौ । त्यस विज्ञप्तिमा उहाँ प्रति लक्ष्यित कूनै नियत राखिएको छैन । यदि यसमा कुनै अस्पष्टता भए आपसी छलफलमा हल गर्न सकिन्छ तर त्यसको प्रतिजवाफमा
उहाँका बारेमा जुन प्राविधिक कुरा उठाइयो ती खेदजकन छन्‌। राजनीतिक शक्ति र व्यक्ति प्रतिको अहसमति र आलौचना गर्दा राजनीतिक हैसियतमा प्रस्तुत हुन संबन्धित पक्षको ध्यानाकर्षण गराउदछौ । साथै हाम्रो पार्टीका जिल्ला सचिव कमरेड गणेश ढकालप्रति लगाइएको राजनीतिक पूर्वाग्रह प्रेरित आरोपको भ्रममा नपर्न सिङ्गो पार्टी पंक्ति र आम जनसमुदायमा हार्दिक अपिल गर्दैछौं ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु