नेकपा केन्द्रीय समितिको १३ पूर्ण बैठकमा महासचिब बिप्लवद्वारा प्रस्तुत प्रतिबेदनमाथि छलफल हुँदै

काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा बिहिवारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औं पूर्ण बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र पार्टीको नवौँ महाधिवेशन सम्बन्धमा प्रतिवेदन पेश गरेका छन । बैठकमा महासचिव विप्लवले उक्त प्रतिबेदन पेश गर्दै शम्स्लेषित व्याख्या समेत गरेको बताइएको छ । अब बैठकका सहभागीले महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव र पार्टीको नवौँ महाधिवेशन सम्बन्धमा आजदेखि आ-आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
उक्त बैठकमा फुटवादी घटनामा संलग्न भएका ११ जना केद्रीय सदस्यबाहेक ५८ जना केन्द्रीय सदस्य र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी भएका छन ।

