नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : जेठ २० गते पत्रकार सम्मेलन

२०७९ जेष्ठ १८ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको १३औं केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठक फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गर्दै सम्पन्न भएको हो । महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले पार्टीको नबौं महाधिवेशनलगायत बिबिध निर्णय गरेको बुझिएको छ । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी नवौँ महाधिवेशनको प्रस्ताव पेस गरेका थिए । उक्त राजनीतिक र महाविधेशनको प्रस्तावमा बैठकमा सहभागी ५८ केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका दुई सदस्यले आफ्ना धारणा राखेका थिए ।

बैठकका निर्णयहरु आागामी जेठ २० गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ । बैठक यहि जेठ १२ गतेदेखि १७ गतेसम्म चलेको थियो । बैठकको व्यवस्थापन नेकपा उदयपुरले गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार