‘साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परेको ठोकुवा गरेका छन। प्रवक्ता प्रकाण्डले पार्टीको हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले नेकपाले उठाएको राष्ट्र , राष्ट्रियता र जनजीविकाका सवालले पार्टी जनतामाझ स्थापित हुदै गएपछि प्रतिबन्ध खेप्नु परेको प्रसंग कोट्याउदै राजनीतिक र फौजी दृष्टिले पार्टीलाई सिध्याउन नसकेपछि साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परेको बताए । उनले पार्टी एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापना लक्ष्यमा दृढ भएर आगाडी बढी रहेको नेपालका दलाल पुँजीपतिवर्ग , साम्राज्यवादी बर्ग , कम्युनिष्ट आन्दोलनभित्र रहेका दक्षिणपन्थी अवसरवादीहरुलाई सैह्य नभएको जिकिर गर्दै एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने उद्घोषसमेत गरे ।
पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले पार्टीको १३औं केन्द्रीय समितिको बैठकको निर्णय पढेर सुनाएका थिए ।
