नेकपा (बहुमत) रौतहटका सेक्रेटरी राईद्वारा पार्टी परित्याग : कञ्चन, सुदर्शन गुटमा नलाग्न अपील

काठमाडौँ । नेकपा (बहुमत)का रौतहट जिल्ला समितिका सेक्रेटरी कुमार राईले आफु सो पार्टीमा नरहेको बताएका छन । राइले आज एक बिज्ञप्ति जारी गर्दै पछिल्लो समय कञ्चन र सुदर्शन गुटले पार्टी र नेतृत्व विरुद्ध विभिन्न गैर राजनीतिक र आरीप लगाउँदै पार्टी र क्रान्तिबाट पलायन भै नेकपा (बहुमत) पुर्नगठन गरेर अघि बढिरहेको सन्दर्भमा मलाई समेत नेकपा (बहुमत) को केन्द्रीय समितिमा राखी रौतहट र सर्लाही जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको तर कञ्चन सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढ्न नसक्ने र केवल कुण्ठा पीरले थला मात्र हुने भएकोले आजैका मितिबाट सो पार्टीमा नरहेको जनाएका छन। उनले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान यात्रामा सरिक हुने प्रतिवद्धता सहित महासचिव कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा रहेको प्रतिवद्धता सहित देशभरक्रा होनाहार क्रान्तिकारी कमरेडहरुलई कञ्चन, सुदर्शन गुटमा :नलाग्न समेत हार्दिक अपीलसमेत गरेका छन।
