ज्यान बलिदान गर्न तयार छौ तर MCC कार्यान्वयन हुन दिदैनौ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आज रास्ट्रघाती mcc सम्झौताविरुद्ध बृहत् बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। उदयपुरको सदरमुकाम गाईघाटको जलजले बजार परिक्रमा गरि बजारको पिपल चोकमा कोणसभामा परिणत भएको थिए। उक्त कार्यक्रममा माओवादी मजदुर पार्टीको पनि सहभागी रहेको थियोे भने सभालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा,उदयपुर जिल्ला इन्चार्ज विवेक कुमालले सम्बोधन गरेका थिए । नेता कुमालले उक्त सभालाई सम्बोधन गर्दै ज्यान गएपनी रास्ट्रघाती mcc सम्झौता कार्यनयन गर्न नदिने बताए। बरु देशका लागि जीवन बलिदान गर्छौ तर mcc कार्यनयन हुन नदिने पार्टीको निति रहेको कुरामा जनतालाई ढुक्क हुन आग्रह गरे ।सामाजिक दलाल संसदिय ब्यबस्था रहेसम्म जनता कुनैपनी सङ्कट मुक्ति नपाउने भएकोले अब नेपाली जनता चुपचाप लागेर बस्न नहुने र बरु सबै लागेर छिटो भन्दा छिटो बैज्ञानिक समाजवाद स्थापना गरि देशलाई वैदेशिक हस्तक्षेप र सामाजिक दलालहरुको अन्याय बाट मुक्त गराउनु पर्ने कुरा इन्चार्ज विवेकको भनाई थियो।

उक्त कोणसभामा सम्बोधन गर्दै श्रमिकसमुदाय नेपालका केन्द्रीय सदस्य रामकृष्ण सदाले संसदिय ब्यबस्थामा हत्याहिंसा ,बलात्कार ,लुटपाट, चोरीपैठारी ,महङ्गी,कालोबजारी र मुल्य वृद्धि दिनहुदिन भइरहेकोले नेपालि जनता यसको प्रतिकारमा उत्रिनु पर्ने बताए ।
उक्त कार्यक्रमको सन्चालन माओवादी मजदुर पार्टीका नेता हिमाल राईले गरेका थिए। -अनिता गजमेर