‘एमसिसिको पक्षमा वकालत गर्नेलाई चारपाटे मुडेर थानकोट कटाउने बेला भयो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश पुनले एमसिसिको पक्षमा वकालत गर्ने नेपाली काङ्ग्रेसका नेता गगन थापालाई चारपाटे मुडेर थानकोट कटाउने बेला भयो कि भएन भनेर प्रश्न गरेका छन । उनले अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप नेपाल भ्रमणमा रहेको बेला सोमबार आयोजित एमसीएको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रश्न गरेका हुन।
नेता पुनले नेपालको संसदले एमसिसी पास गरेपछि अमेरिकीहरुको हस्तक्षेप तिब्र रुपमा बढ्दै गएको र नेपाललाई अर्थ राजनितिक हिसाबले श्रीलंका र शैन्य राजनीतिक हिसाबले युक्रेनको दिशामा धकेल्न खोजिएको ठोकुवा गरे। उनले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंग हो भनेर बिरोध गर्दै बताउदै अमेरिकी अधिकारीहरुले समेत यसलाई इन्डोप्यासिफिक कै अंग हो भनेर स्विकार गरिसकेका थिए तर यहाका दलालहरुले एमसिसी इण्डो प्यासिफिकको अंग होइन भन्न थाले, अहिले अमेरिकी सेनाका जर्नेल चर्ल्स ए फिलिपको भ्रमणले त्यो कुरालाई पुष्टि गरिको बताए । उनले भने – ‘अब उनिहरु चीनविरुद्धको सैन्य गठवन्धन गर्न गैरहेका छ्न । स्टेट पाट्नर्शिप प्रोग्राम (एसपिपी) मा नेपाललाई हस्ताक्षर गराउन नेपाली सेना र प्रधानमन्त्रीको अमेरिका भ्रमण गराउन खोजिदै छ।’
अमेरिकी सेनाका हिन्द प्रशान्त कमान्डर फ्लिपले केही दिन पहिले आफ्नो भ्रमणको क्रममा भारतिय सेनाका अधिकारीहरु सङ्ग भेटेर दक्षिण एशियामा शैन्य साझेदारी गर्ने प्रस्ताव गरेको र नेपाललाई पनि सैन्य सहकार्यका लागि प्रस्ताव गरेको भन्दै नेता पुनले भने – ‘ अमेरिकी सेनाका जर्नलले भारतका सैन्य अधिकारीसम्म भेटे पनि प्रधानमन्त्री र रास्ट्रपतिलाई भेट्न सकेनन । तर यहाँ त प्रधानमन्त्री देखि राजनितीक दलका नेताहरुलाई समेत भेटेर कुराकानि गरे, के नेपालका सैन्य अधिकारीहरुले अमेरिकाका रास्ट्रपतिलाई भेटेर वार्ता गर्न सक्छ्न ?’
नेता पुनले भने – हिजो नेपालको संसदमा एक जना साम्सदले नेपालमा ५ हजार अमेरिकी सेना अघोषित रुपमा रहेको भनेर प्रश्न उठाएका छ्न । यो के हो ? यसैगरी एक अर्को सुचना अनुसार अमेरिकाले दक्षिण एशियामा २० हजार अणु बम बिच्छयाको र युद्दको तयारी गरिरहेको भनेर समेत कुराहरु आइरहेका छन । केही समय अघि प्रधानमन्त्री देउवाले संयुक्त रास्ट्रसंघमा रुसका विरुद्ध युक्रेन र अमेरिकाको पक्षमा नेपाललाई मतदान गर्न लगाएर हाम्रो स्वतन्त्र एबम असंलग्न विदेश नितिको उल्लंघन गरेका छन । यसले भविस्यमा गम्भीर संकट निम्तिने स्थिति छ ।’