‘एसपीपी सम्झौता नगर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको(एसपीपी) १० वूँदे सम्झौता नगर्न खबरदारी गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो खबरदारी गरेका हुन् ।
प्रवक्ता प्रकाण्डले अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० वूँदे सम्झौताको प्रस्ताव गरेको बताउदै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुद बनाउदै आफ्ना गतिविधिहरु बढाई रहेको र यसले एकातिर कुटनीतिक मामिलाको खिल्ली उडाएको छ भने, अर्कोतिर नेपालको राष्ट्रियस्वाधिनता र सार्वभौम अधिकारमाथि खुलम्खुला धाबा बोलेको ठोकुवा गरेका छन । उनले देशलाई युद्बको मारमा फसाउने षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृत दिने शेरबहादुर देउवा गठबन्धन सरकारको यस प्रकारको हर्कतले मुलु्कको सार्वभौम अधिकारमाथि ठूलो चुनौति खडा भएको बताउदै राष्ट्रियता जस्तो अति सम्वेदनशील विषयमा समेत हल्काढंङ्गको लिने देउवा सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको(एसपीपी) १० वूँदे सम्झौता नगर्न खबरदारीसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति :
